डोटी/नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले लाखौं मुल्य बराबरको स्वास्थ्य सामग्री स्थानीय तहहरुलाई बितरण गर्दै आईरहेका छन् । आइतबार उनले शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका तथा पूर्बीचौकी गाउँपालिकामा ११/११ लाख मुल्य बराबरको स्वास्थ्य सामग्री बितरण गरेका हुन् ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी एवम् नेवि संघका निर्वतमान केन्द्रिय उपाध्यक्ष समेत रहेका शाहीले कोभिड संक्रमणवाट जोगाउन तथा स्वास्थ्य उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले डोटी जिल्लाका ९ वटै स्थानीय तहहरूलाई ब्यक्तिगत पहलवाट निशुल्क स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न लागेको बताएका हुन् । उनले जिल्लाभरी एक करोड भन्दा बढी मुल्यको स्वास्थ्य सामग्री बितरण गरिरहेका छन् ।
स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सट्रेटर मेसिन, पल्स अक्समिटर मेसिन, पि.पि सेट, सर्जिकल मास्क, नाइन ९५ मास्क, ग्लोब्स, स्टेचर, रेपिड टेस्ट किट, सेनिटाईजर लगायतका रहेका छन् ।
स्वास्थ्य सामाग्री बुझ्दै शिखर नगरपालिकाका मेयर सिताराम जोशीले कोरोना महामारी अझै कायमै रहेको अवस्थामा यी स्वास्थ्य सामग्रीहरुको महत्व ठुलो हुने र नगर भित्रका बिपन्न जनताहरुको लागि स्वास्थ्य उपचारमा महत्वपूणर् मूमिका रहने बताए ।
त्यसैगरी दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखा स्वास्थ्य चौकीका इन्चार्ज तेजबहादुर खड्का, वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र खड्काले स्वास्थ्य सामाग्री सहयोग गरेको प्रति भूमिका रहने बताए ।
यसअघि नेता शाहीले के.आई.सिंह गाउँपालिकालाई समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । केहि दिनमा बाँकी स्थानीय तहहरुमा पनि बितरण हुने उनले बताए ।










