काठमाडौँ/नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा जेड सुमार र सहअध्यक्ष जोनाथन ब्रुक्सले आज अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाट गरेका छन् ।

मन्त्री शर्मालाई भेट्न उनीहरू पौने १२ बजे मन्त्रालय पुगेका थिए । उक्त भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्लु बेसी र एमसीसीका पदाधिकारीसहित ७ जना उपस्थित थिए ।

मन्त्री शर्माले एमसीसीसँगको सम्झौताका अस्पष्ट बुँदामा स्पष्टता माग्दै पत्र पठाएका थिए । एमसीसीले त्यसको जवाफ पठाएसँगै बिहीबार उपाध्यक्ष फतिमा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आएको हो ।

उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली, सत्ता गठबन्धनका नेताहरू क्रमशः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रतिनिधिमण्डलसहित भेटेकी छिन् ।

उनले अमेरिकाले नेपाललाई विशुद्ध आर्थिक वृद्धिमा सहयोग गर्ने परियोजनाहरूमा ५० करोड अमेरिकी डलर अनुदान दिन लागेको भन्दै यस सम्झौतालाई अतिरञ्जना गरेर थप विवाद नगर्न आग्रह गरेकी छिन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय