काठमाडौं/सरकारले मोटरसाइकलको कर बढाएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि संसदमा पेश गरेको प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलको भन्सार कर बढाउने व्यवस्था गरेको हो।
आयात हुने १२५ सीसीदेखि २०० सीसीसम्मको माटेरसाइकलमा १० प्रतिशत अन्तःशूल्क बृद्धि गरेको छ। १० प्रतिशत बढेपछि अब माटेरसाइकलमा ५० प्रतिशत कर बढेको छ।

यस्तै, २०० देखि २५० सीसीसम्मका मोटरसाइलकमा पनि १० प्रतिशत अन्तःशूल्क बढेको छ। यसअघि यी मोटरसाइकलको अन्तःशुल्क ५० प्रतिशत थियो। जुन, अब ६० प्रतिशत पुगेको छ।
यसैगरी, २५० सीसीदेखि ५०० सीसीसम्मका मोटरसाइकलमा २० प्रतिशत अन्तःशूल्क बढेको छ। यसअघि ६० प्रतिशत लाग्दै आएको अन्तःशुल्क अब ८० प्रतिशत पुगेको छ।
यस्तै, ५०० देखि १००० क्षमताका मोटरसाइकलमा सत प्रतिशत अन्तःशूल्क लाग्ने भएको छ।









