काठमाडौं/नेकपा एमालेको विधान महाधिवेशन दुई सातापछि सरेको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले असोज ४–६ का लागि तय भएको विधान महाधिवेशन असोजकै १५ देखि १७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

विधान महाधिवेशनमा प्रस्तुत गर्ने, विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनबारे छलफल गर्न असोज ३ र ४ गते स्थायी कमिटीको बैठक बोलाइएको छ । त्यसपछि असोज ८ र ९ गते केन्द्रीय कमिटी बैठक बस्ने सचिव योगेश भट्टराईले जानकारी दिए ।

शनिबारको स्थायी कमिटीको बैठकले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधि पनि टुंगो लगाएको छ, जसअनुसार करिव ३ हजार सहभागी हुने प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले जानकारी दिए ।

विधान महाधिवेशनमा को को हुनेछन् सहभागी ? 

एमालेको विधानले विधान महाधिवेशनमा राष्ट्रिय परिषद् सदस्य सहभागी हुने व्यवस्था गरेको छ । तर नवौं महाधिवेशन पश्चात् राष्ट्रिय परिषद् सदस्य चयन नभएकाले पार्टी विधानमा बाधा अड्काउ फुकाई विधान महाधिवेशनमा सहभागीको मापदण्ड तय गरिएको भट्टराईले बताए ।

उनका अनुसार, पार्टीका सम्पूर्ण संरचनाबाट प्रतिनिधिमुलक ढंगको सहभागिता हुनेगरी मापदण्ड बनाइएको छ । विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकाय र आयोगका सदस्यहरु सहभागी हुनेछन् ।

पार्टीका विभागहरुबाट सचिवसहित १५ प्रतिनिधि विधान महाधिवेशनमा चयन हुनेछन् । यस्तै, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी र जिल्ला कमिटीको मान्यता पाएको कमिटीका पदाधिकारी विधान महाधिवेशनका प्रतिनिधि हुनेछन् ।

हरेक जनसंगठनबाट १०/१० जना प्रतिनिधि विधान महाधिवेशनमा सहभागी हुन पाउनेछन् । राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरु स्वतः विधान महाधिवेशनको प्रतिनिधि हुने एमालेले निर्णय गरेको छ । यस्तै जिल्ला समन्वय समिति र स्थानीय तहका पदाधिकारी पनि प्रतिनिधि हुनेछन् ।

यी मापदण्डअनुसार चयन भएका प्रतिनिधिको १० प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनित गर्ने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए । एमालेले विधान महाधिवेशन तेस्रो पटक सारेर १५–१७ असोजमा पुर्‍याएको छ ।

विधान महाधिवेशनको तयारी गर्न ३–४ असोजमा स्थायी कमिटी बैठक तोकिएको छ । त्यसै बैठकले विधान संशोधन र राजनीतिक प्रतिवेदनबारे निर्णय गर्नेछ । स्थायी कमिटीबाट पारित विधान संशोधन र राजनीतिक प्रतिवेदन अनुमोदन गर्न ८–९ असोजमा केन्द्रीय कमिटी बैठक बस्नेछ ।

बजेट प्रतिस्थापन विधेयकको विरोध

एमालेले सरकारले बलमिच्याई गर्दै नयाँ बजेट ल्याएको भन्दै आपत्ति जनाएको छ । आफ्नो सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को लोकप्रिय कार्यक्रम कटौती गरेको र हचुवाको भरमा कार्यक्रम थपेको उसको आरोप छ ।

बैठकले पार्टी विभाजनमा सभामुखको भूमिकालाई लिएर आफूहरुले विरोध गरिरहेका बेला सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउनु बलमिच्याईं भएको ठहर गरेको छ । ‘पूर्व सूचना नदिई प्रतिपक्षी दलसँग सरसल्लाह नगरी हठात र छापामार शैलीमा बजेट ल्याइएको छ,’ एमाले सचिव भट्टराईले भनेका छन् ।

अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय र सडक लगायतका विकास निर्माणका आयोजनालाई कटौती गरेको र हचुवाका भरमा आयोजना थपेको भन्दै भट्टराईले भने, ‘यसप्रति हाम्रो आपत्ति छ ।’

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय