काठमाडौँ/नेपालमा हालसम्म झण्डै ५२ लाख नागरिकले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५१ लाख ६० हजार पाँच सय २४ नागरिकले पूर्ण खोप लगाएका हुन् । सरकारले दुई करोड ६५ लाख नागरिकलाई यस वर्षभित्र खोप लगाउने लक्ष्य लिएको छ ।

हाल नेपालमा कोभिसील्ड, एष्ट्राजेनेका, भेरोसील, जोन्सन एण्ड जोन्सन खोप उपयोगमा आएका छन् । सरकारले खोप लगाउन योग्य सबै जनसंख्यालाई खोप उपलब्ध गराउन बजेट सुनिश्चित गरिसकेको छ ।
यस्तै ५७ लाख ६९ हजार तीन सय २८ नागरिकले खोपको पहिलो मात्रा लगाएका छन् । पछिल्लो २४ घण्टामा देशभर १३६८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख ३८ हजार ३४ पुगेको छ । देशभर ३१७ जना क्वारेन्टाइनमा रहेका छन् । देशभर सकृय संक्रमितको संख्या २७ हजार तीन सय ५५ रहेको छ ।









