डाेटी/सेती नदिमा बगेर एक जना युवक बेपत्ता भएका छन् । शुक्रबार दिउँसाे १३:४५ बजेको समयमा दिपायल सिलगढी नगरपालिका ३, द्वारिया टोल घर भएका सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलमा कार्यरत प्रहरी नायब निरिक्षक खडक भुत्यालका छोरा बर्ष १८ का पवन भुत्याल सेती नदीमा नुहाउने क्रममा बगि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
घर नजिकै रहेकाे झाेलेङ्गे पुल मुनि नदिमा नुहाउने क्रममा उनि बेपत्ता भएका र खाेजि कार्य भईरहेकाे प्रहरी कार्यालयका सह-प्रबक्ता प्रहरी निरिक्षक रबिन्द्र चन्दले जानकारी दिए ।

उनकाे खाेजि कार्यका लागि ईलाका प्रहरी कार्यालय दिपायलबाट प्रहरी नायब निरिक्षक रुप सिंह थापाको कमाण्डमा ९ जना, ईलाका प्रहरी कार्यालय लडागडाबाट प्रहरी हवल्दार भक्त महतराको कमाण्डमा ३ जनाको टोली खटिएकाे जिल्ला प्रहरी कार्यालय डोटीले जनाएकाे छ ।









