काठमाडौँ/बंगलादेशविरुद्ध मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपाली टोलीले २-१ ले जित हात पारेको छ ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमै नेपालले २ गोल गर्दै अग्रता कायम गरेको थियो। नेपालका लागि खेलको १४ औं मिनेटमा सविता रानाले १ गोल गरिन् भने २३औं मिनेटमा प्रिती राईले १ गोल गरेकी थिइन् ।

बंगलादेशका लागि तोहुरा खातुनले ८३ औं मिनेटमा १ गोल फर्काएकी थिइन् ।नेपाल र बङ्गलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबल दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु भएको थियो। दुबै टोलीले अर्को खेल आगामी आाइतबार खेल्नेछन् ।
नेपाली महिला फुटबल टोलीले यसअघि कतार, कुवेत र मलेसियासित मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली टोलीले उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटका तयारीमा रहेका बेला बङ्गलादेशसित मैत्रीपूर्ण फुटबल खेलेको हो । एशियन कप छनोटअन्तर्गत नेपाल समूह एफ मा छ । उक्त समूहमा हङकङ र फिलिपिन्स छन् ।









