डोटी/सुदूरपश्चिममा २४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। प्रदेशभर एन्टिजेन र पीसीआर बिधिबाट ९ सय ४६ जनाको नमुना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालमा ७३ जनाको नमुना परीक्षण गर्दा १५ जना, महाकाली अस्पतालमा ८ जनाको नमुना परीक्षण गर्दा २ जना र डडेल्धुरा अस्पतालमा १६ जनाको नमुना परीक्षण गर्दा २ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।

यस्तै डोटी अस्पतालमा ४ जनाको नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले बताएको छ। यस्तै एन्टिजेन बिधिबाट गरिएको परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको हो। आज प्रदेशभर ११ जनाले कोरोना जितेर घर फर्किएका छन्।









