एसइई को नतिजा प्रकाशित भएसँगै विद्यार्थीहरू आफ्नो भविष्यलाई सही बाटोमा लान सक्ने विषय र शैक्षिक संस्था छनोट गर्न व्यस्त छन्।  विशेष गरी पछिल्लो समय प्राविधिक विषयहरू तिर आकर्षण धेरै बढेको छ।  यसै सन्दर्भमा हामीले सिटीईभिटिका उपाध्यक्ष खगेन्द्र अधिकारीलाई केही प्रश्न गरेका थियौ।  प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंस।  

सिटिईभिटिको एसइई पछिको गतिविधि के छ ?

खास गरी हाम्रो डिप्लोमा कार्यक्रममा एसइई रिजल्ट पछाडि विद्यार्थीलाई इन्टेक गर्छौ। सिटिईभिटि बाट सञ्चालित आङ्गिक होस्  अथवा सम्बन्धन,  स्वीकृति  लिएका निजी  र सामुदायिक स्कुलका  प्राविधिक कार्यक्रम। यी सबै खाले हाम्रा मातहतका संस्थाहरूमा हामी एसइई रिजल्ट पछाडि विद्यार्थी इन्टेक लिनलाई सूचना जारी गर्छौ । सिटिईभिटि बाट हामीले सूचना दिइसकेपछि वा हामीले सूचना उल्लेख गरिएका र त्यो खालको भर्ना लिनलाई ईलिजिवल भएका संस्थाहरूले आफ्नो विद्यार्थी भर्ना प्रक्रियाको लागि अगाडि बढ्छन् । त्यसैले हामी त्यो भर्ना प्रक्रिया अगाडि बढाउनु पर्ने भएको हुनाले हामी त्यसैको सेरोफेरोमा व्यस्त रहन्छौ । त्यसको मतलब के हो भने हामी हाम्रा मातहतका संस्थाहरूको नवीकरण गर्ने, ती संस्थाहरू भर्ना लिनलाई उपयुक्त छन् या छैनन् त्यो हेर्ने आदि काम गर्छौ। गत सालको अनुगमनमा ती संस्थाहरू जुन अवस्थामा थिए त्यही अवस्थामा छन् अथवा ती संस्थामा केही फेरबदल भएको छ भन्ने कुरा र विद्यार्थीहरूले फर्म भर्नुपर्ने हुनाले उनीहरूलाई फर्म भर्न सजिलो के हुन्छ भन्ने कुरा हेर्छ।   त्यो सँगसँगै हामीले छात्रवृत्ति कार्यक्रम पनि यसमा जोडेका हुन्छौँ । त्यसैले छात्रवृत्तिको लागि अलग्गै फर्म भरेर अलग्गै प्रक्रियाबाट विद्यार्थीहरूको परीक्षा लिने र तयारी गर्ने हुँदाखेरि अलि बढी हामी छात्रवृत्ति, विद्यार्थीहरूको सेलेक्सन प्रक्रिया तिर  ध्यान दिन्छौँ । त्यसो गरेर हामी एसइईको रिजल्ट पछाडि सामान्यतया संस्थाहरूमा विद्यार्थी इन्टेक गर्ने, विद्यार्थी भर्ना लिने गतिविधिमा हामी व्यस्त रहन्छौ ।

अहिले विभिन्न कार्यक्रमहरूमा छात्रवृत्तिको फर्म पनि खुलिरहेको छ।  सिटिईभिटिमा  छात्रवृत्तिका लागि  को-को ईलिजिवल हुन्छन् ? यो भर्नका लागि के के गर्नुपर्छ ?

छात्रवृत्ति भन्ने बित्तिकै एउटा लक्षित वर्ग त्यसबाट लाभान्वित होस भन्ने हाम्रो सोचाइ हुन्छ  । छात्रवृत्ति दुर्गमको पछाडि परेको वर्ग र दलित, जनजाति, सामुदायिक साधारण स्कुलमा पढेका त्यस्ता खालका अभिभावकहरूका  बच्चा बच्चीहरू छात्रवृत्ति कार्यक्रम बाट लाभान्वित होस भनेर सोचेको र हाम्रो उद्देश्य पनि त्यही भएको कारणले हामी ती बच्चाहरू  यसको लागि ईलिजिवल हुन्छन्। जो सरकारी स्कुलमा पढेका छन् ,दुर्गम ठाउँमा पढेका छन् , जो राज्यले किटान गरेको दलित ,जनजाति ,मुस्लिम आदि लक्षित समुदाय भित्र परेका छन् । त्यस्ता खालका बच्चाहरू यो  छात्रवृत्ति कार्यक्रममा आफ्नो निवेदन पनि राख्न सक्छन् । र उनीहरू त्यसको लागि ईलिजिवल हुन्छन् । जो बच्चाहरू बेडिङ स्कुल पढेका छन्, जसले राम्रो स्कुल पढेका छन् जो सुगम ठाउँमा बसेर पढेका छन् तिनीहरू यसको लागि इलिजिवल छैनन् । उनीहरूलाई अहिले हामीले यसमा समावेश गरेका छैनौँ ।तर हाम्रो समाजमा अभिभावकहरूको सोचाइ के छ भने आफू असाध्यै दुख गरेर अथवा सानो किराना पसल राखेर होस या नाङ्लो पसल राखेर होस् तर  मेरो बच्चाले बेडिङ स्कुल पढोस् भन्ने खालको धारणा छ । किनभने आफ्नो बच्चाको सुनिश्चित भविष्यको लागि जहिले पनि अभिभावकहरू प्रयत्नशील  हुन्छन् । हाम्रो समाजमा आफू जतिसुकै दुख गरेर पनि आफ्नो बच्चाको भविष्य सुनिश्चित होस भन्ने हिसाबले र बेडिङ स्कुल पढ्नेको पढाइ अलि राम्रो हुन्छ, उनीहरूले धेरै कुराहरू सिक्न सक्छन् भन्ने हिसाबले धेरैले बेडिङ पढाउने गर्छन् । त्यो हुँदा यसमा पनि पुनर्विचार गर्नुपर्ने त होला नै।  तर त्यस्ता विद्यार्थी अहिले लक्षित समूह भित्र पर्दैनन्।

तपाईँले सिटिईभिटि जस्तो एउटा सिपमूलक शैक्षिक संस्थालाई नेतृत्व गरिरहँदा शिक्षा र प्राविधिक शिक्षामा के फरक पाउनुभयो ?

हामीले लामो समय सम्म साधारण शिक्षामा अभ्यस्त रह्यौ।  हामीले पढ्ने भन्ने बित्तिकै साधारण शिक्षा पढ्यौ ।  हामीले २०२८ साल पछि खास गरी स्कुलहरूमा प्राविधिक कार्यक्रम भनेर राखियो तर त्यो कार्यक्रम खासै सफल भएन।  करिब १० वर्ष चलाइयो तापनि सफल भएन । त्यस्ता विभिन्न प्र्याकटिकलबाट प्राविधिक शिक्षाको बारेमा विभिन्न अभ्यासहरू बाट हामी अहिले परिष्कृत अवस्थामा आइपुगेका छौ । आज आएर प्राविधिक शिक्षाको बारेमा अत्यधिक जनचाहना पनि बढेको छ । र यसको आवश्यकता पनि पुष्टि भएको छ । प्राविधिक शिक्षामा खास गरी अलिकति प्रयोगात्मक अभ्यासको पाटो बढी हुन्छ । हाम्रो भनाइ नै फरक छ।  हामीले भन्ने गरेका छौ शिक्षालाई सिपसँग जोड्नुपर्छ, सिपलाई श्रमसँग जोड्नुपर्छ र श्रमलाई उत्पादन सँग जोड्नुपर्छ अनि मात्र संवृद्धि र रोजगारी सम्भव हुन्छ  । प्राविधिक शिक्षामा सिपको पाटो अत्यन्तै बढी छ । त्यस कारण यो सीप सिक्ने बित्तिकै संसारमा मान्छे बेरोजगार बस्नु पर्दैन। आफू रोजगारीमा जान सक्छ या आफैले आफ्नो सिपमा बसेर उद्यमशीलतामा जान सक्छ । उसलाई जीवन जिउनलाई सहज हुन्। त्यसैले यो शिक्षा जीवन उपयोगी शिक्षा हो । तर साधारण शिक्षामा मास्टर्स गरेको छ , ब्याचलर गरेको छ तर उ बेरोजगार बसेको छ । उ श्रम पनि गर्दैन सानोतिनो काम पनि गर्दैन ।  श्रम गर्न उसलाई लाज लाग्छ । किनकि उसले बि।ए, एम।ए  पढेको छ त्यसैले यो फरक छ।  त्यसको लेबल नै  फरक छ । तर हाम्रा सीप सिकेका विद्यार्थीहरू कालो मैलो भएर उनीहरू वर्कसपमा काम गर्छन् ।उनीहरू श्रम गर्छन्, मिहिनेत गर्छन् र उत्पादन गर्छन् । त्यसैले यो एकदमै सोचमै फरक छ । साधारण शिक्षा र प्राविधिकमा सिपमा फरक छ  ।  प्रयोगात्मक अभ्यासको हिसाबमा फरक छ र सामाजिक सोचको हिसाबले फरक छ । त्यसैले शिक्षा र प्राविधिक शिक्षामा सबै ढङ्गले फरक छ ।

सिटिईभिटिले स्वरोजगार बनाउनका लागि विभिन्न तालिमहरूको पनि घोषणा गर्ने गर्छ।  ती तालिमहरूको बारेमा छोटो  जानकारी गराईदिनुस्  न ?

हामीले तालिम दुई प्रकारले अगाडि बढाएका छौ । एउटा हो  हामीले नै हाम्रा मातहतका धेरै संस्थाहरूलाई छोटो अवधिको तालिम कार्यक्रम भनेर उनीहरूलाई तालिमको लागि पूर्वाधार पुग्छ भने तालिम चलाउनुहोस् भनेर स्वीकृति दिन्छौँ । र उहाँहरूले छोटो अवधिको तालिम चलाउनु हुन्छ । छोटो अवधिको तालिम भन्नाले १४० घण्टा देखि १६९६ घण्टा सम्मका तालिम कार्यक्रमहरू उहाँहरूले चलाउनु हुन्छ । जस्तै  ब्युटिसियन , सैलुन , बाख्रा पालन आदि यी छोटो अवधिका तालिमहरू हाम्रो संस्थाहरूले स्वीकृति लिएर चलाउनुहुन्छ । त्यस अनुसारको पूर्वाधार पुगेको छ भने मात्रै उहाँहरूलाई हामी तालिम सञ्चालन गर्न दिन्छौँ । र यो सञ्चालन गरिरहेको संस्थाले आएर हाम्रो एनएचडिपि बाट स्किल टेस्ट गरेर सर्टिफिकेट दिन्छन् । उनीहरूलाई  त्यो सर्टिफिकेट दिएपछि उनीहरू त्यो  सर्टिफिकेट लिएर संसार भरि प्राविधिक ढङ्गले काम गर्न ईलिजिवल हुन्छन् । उनीहरू जब मा जान सक्छन् । त्यस्तै  अर्को हो सरकारले केही तालिम कार्यक्रम भनेर बजेट छुट्टाउने गरेको छ । गत साल २१०० युवा युवतीहरूलाई छोटो अवधिको तालिम कार्यक्रम दिने भनेर सिटिईभिटि मातहत सरकारले बजेट विनियोजन गर्‍यो । हामीले सातै प्रदेश बाट तीन ( तीन हजार युवा युवतिहरूलाई  यो छोटो अवधिको तालिम सञ्चालन गर्‍यौ । त्यो अगाडि बढिरहेको छ। यसरी हामीले छोटो अवधिका कार्यक्रमहरू पनि चलाइरहेका छौ । जसले तत्काल मान्छेहरूले केही न केही सीप सिकेर तुरुन्तै रोजगारीमा या उद्यमशीलतामा जान सक्ने गरी हामीले यो कार्यक्रम सञ्चालन गरेका छौ । अहिले हामीसँग करिब ११३० संस्थाहरूले छोटो अवधिका तालिमहरू सञ्चालन गर्नलाई हामी सँग सम्बन्धन स्वीकृति  लिएर सञ्चालनमा छन् ।

यि विभिन्न तालिमहरूको  लागि लक्षित समूह को हो ? र त्यो तालिममा सहभागिता हुनलाई योग्यता के के चाहिन्छ ?

यो छोटो अवधिको तालिमको लागि हामीले ठुलो त्यस्तो योग्यता केही राखेका छैनौँ । साधारण लेखपढ गर्न जान्ने खालको र तालिमको प्रकृति हेरेर कस्तो खालको प्रकृति हो । ८ कक्षा पास गरेको हो कि १० कक्षा पास गरेको हो कि अथवा साधारण लेखपढ गर्ने मात्र जान्ने हो कि भन्ने आ(आफ्नो ठाउँमा छ । त्यस्तो खास यत्ति नै पढेको हुनुपर्छ भन्ने मापदण्ड यसमा राखिएको छैन । किनभने यो तालिम कार्यक्रम छोटो अवधिको तालिम किन सीप सिक्नलाई १० कक्षा पढेकै चाहियो रु । त्यो  हिसाबले सीप सँग जोडिएको हुनाले यसलाई कुनै त्यस्तो खालको एकेडेमीक ब्यारियर राखिएको छैन । तर के हुनुपर्छ भने जो तुरुन्तै सिकेर आफ्नो त्यो सिपमा टेकेर आफ्नो जीवन निर्वाह गर्न चाहन्छ त्यस्तो मान्छेहरूलाई हामीले बढी प्राथमिकता दिन्छौँ ।

सिटिईभिटिले दिने विभिन्न किसिमका तालिमहरूको शुल्क के हुन्छ ?

केही सिटिईभिटि मातहत रहेका संस्थाहरूले तालिमहरूबाट लिने केही नोमिनल शुल्कहरू उठाउने चलन छ । उनीहरू पूर्ण रूपले प्राइभेट व्यवस्थापन भएको कारणले त्यसको अरू वैकल्पिक स्रोत नभएको कारणले विद्यार्थीहरू जो सिप सिक्न आउँछन् , उनीहरूले नै तिरेको निश्चित  शुल्कबाट नै उनीहरूले व्यवस्थापन गर्ने हुनाले केही केही संस्थाहरूले विद्यार्थीहरूबाट शुल्क लिने गरेका छन् । तर सरकारले नै बजेट व्यवस्थापन गरेर आएका तालिमहरूमा एक रुपैयाँ पनि लाग्दैन ।

देशभरि धेरै शैक्षिक संस्थाहरू छन्  तिनीहरूले के भन्छन् भने यदि सिटिईभिटिले सम्बन्धन दियो भने हामी जुनसुकै कार्यक्रम सञ्चालन गर्न  हामीसँग पूर्वाधार तयार छन्, भन्छन् । तर सिटिईभिटिको सम्बन्धन नै अहिले बन्द छ यो  किन ?

यो गलत कुरा हो। किन गलत हो भने बन्द छैन । तर के मानेमा बन्छ छ भने अहिले हामीसँग जति पनि पहिले सम्बन्धन भएर गएका संस्था हामीले चलाएका संस्थाहरूको गुणस्तरलाई विश्लेषण गर्नुपर्ने हुनाले हामी त्यसको व्यवस्थापनमा छौ । एक हिसाबले यो हो । अर्को हिसाबले के हो भन्दाखेरि हामीले पुरै बन्देज गरेर संस्थाहरूको सम्बन्धन नै रोक्ने भन्ने कुरा पनि आएन ।  बिस्तार गर्नुपर्छ किनभने आजको भन्दा बढी जनशक्ति उत्पादन गर्दै जानुपर्छ । देशले आजको भन्दा बढी आवश्यकता महसुस गर्दै गएको छ । त्यस कारण हामीले बिस्तार हुनुपर्छ भन्ने कुरा छ । त्यस कारण हामी बिस्तारको क्रममा पनि छौ । पुराना केही संस्थाहरू हाम्रो कार्यालयमा माग गरिएका जुन निजी संस्थाहरू थिए  । ती जाम भएर बसेकाले त्यसलाई अहिले हामी प्रक्रियागत ढङ्गले यदि उहाँहरूले प्रयोगात्मक अभ्यासको सुनिश्चितता, तोकिएका मापदण्डहरू पूरा गरेको न्यूनतम मापदण्डहरू पूरा गर्दै गएको अवस्था छ भने तिनलाई प्रक्रियामा हालेर सम्बन्धनको बाटो बाट अगाडि बढाउनुपर्छ । धेरै भन्दा धेरै विद्यार्थी भाइ बहिनीहरूले प्राविधिक शिक्षा पढ्ने अवसर उपलब्ध गराउनुपर्छ भन्ने हिसाबले हामी अहिले अगाडि बढिराखेका छौ । पुरै बन्दै छ भन्ने होइन। यो केही  समयको लागि खास कारणले बन्द रहेको अवस्था हो । अहिले यसलाई  पुरै निजी सम्बन्धन नदिने कसैलाई पनि भनेर बन्द गरिएको  अवस्था छैन । तर नयाँ सम्बन्धनका हकमा हामीले भएका संस्थाहरूको व्यवस्थापन गर्ने नसकेको कारणले बन्द रहेको हो । तर यो सबै व्यवस्थापन भएपछि हामी फेरि निरन्तर अगाडि बढाउँछौ । यो लामो समय रोकिँदैन।  केही समयमै सुचारु गर्छौ ।

मात्र एजुकेशनबाट

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय