काठमाडौँ/दार्चुलाको जयसिंह धामी प्रकरणमा नेपाल सरकारले पठाएको कुटनीतिक नोट भारतीय दूतावासले सोमबार नै भारतस्थित विदेश मन्त्रालयलाई पठाएको छ ।
नेपाल सरकार परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार सोमबार परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित भारतीय दूतावासलाई कुटनीतिक नोट पठाएको थियो । दूतावासले सोमबार नै दिल्लीस्थित भारत सरकारको विदेश मन्त्रालयलाई कुटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

यसअघि गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा बनाएको छानविन समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को उपस्थितिमा तुइन चुँडिएकाले एसएसबीका अधिकारीमाथि छानविनका लागि सिफारिस गरेको थियो । सोही आधारमा परराष्ट्र मन्त्रालयले भारतीय दूतावासलाई कुटनीतिक नोट पठाएको हो ।
परराष्ट्रका अधिकारीहरुका अनुसार सोमबार दूतावासलाई कुटनीतिक नोट पठाएको हो । दार्चुलाको तुइन प्रकरणबारे कारवाही प्रक्रिया अघि बढाउन विभिन्न राजनीतिक दलका नेताहरुले सरकारलाई दबाब दिँदैआएका छन् ।









