डोटी/नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी) पक्षमा डोटीको पुर्बिचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उप–प्रमुख शिबराज खड्का र सायल गाउँपालिका वडा नं.३ का अध्यक्ष गोरखबहादुर सार्कीले सनाखत गरेका छन् ।
आफुहरु नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी) पार्टीको पक्षमा रहेको भन्दै जिल्ला निर्वाचन कार्यालय सिलगढीमा सनाखत गरेको वडा अध्यक्ष गोरख सार्कीले जानकारी दिएका छन् ।

नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्न निर्वाचन कार्यालयमा पुगेका जनप्रतिनिधिहरुलाई रोक्नका लागी एमालेका नेता कार्यकर्ताहरु निर्वाचन कार्यालयमा पुगे पनि सनाखत गर्नबाट भने रोक्न सकेनन् ।









