किशोर बम, डडेल्धुरा/डडेल्धुरा अस्पताललाई कोरोना माहामारीका वेला आवश्यक पर्ने अति आवश्यकिय स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
अस्पतालका चिकित्सकलाई सहजै र सुरक्षित रुपमा कोरोनाका विरामीहरुको उपचार गर्न आवश्यक आपतकालिन प्रतिकार्य स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्तरण गरेको हो ।
अस्पतालबाट कोरोनाका विरामीलाई आवश्यक पर्ने सामाग्री र अन्य जोखिम न्युनिकरण सामाग्री माग गरिएको थियो । सोही अनुरुप ईको पार्ट अफ कोर्डेडको आर्थिक सहयोगमा बहुुउद्येशीय विकास समाज डडेल्धुराले करिव २० लाख वरावर को समाग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।
विशेष गरेर अस्पताललाई कोभिड १९ को माहामारी न्युनिकरण तथा उपचार गर्न र पिडित वनेका सर्वसधारण तथा विरामीलाई राहत उपलब्ध हुने गरि डिस्पोजल ग्लोब्स, स्टेराइल ग्लोव्स, बाईप्याप माक्स, अक्सिजन कन्सिटेटर, भेण्टिलेटरको सर्किट, एण्टिजिन किट्स, पिसिआर जाँच गर्ने किट, पिसिल, हेडक्याप, सुकभर लगाएतका अतिआवश्यक स्वास्थ्य सुरक्षा समाग्री उपलव्ध गराएको हो ।
आपतकालीन अवस्थामा चाहिने अन्य सामाग्री समेत वेलावेलामा उपलब्ध गाराईने सस्थाले जनाएको छ । संस्थाले दिएका सामाग्रीहरू अति आवस्यक भएकोले कोरोना विरामीको उपचार गर्न सहज हुने अस्पतालले जनाएको छ ।
उक्त संस्थाले डडेल्धुरा र डोटी जिल्लाका मुख्य अस्पताल र अन्य स्वास्थ्य संस्थामा समेत विभिन्न कुरामा सहयोग गरिरहेको छ । त्यसै गरी खोप ढुवानी, अशक्त अपागंंता भएका मानिस तथा जेष्ठ नागरिकहरुलाई खोपकेन्द्र सम्म ल्याउने लैजानुका साथै स्वाथ्यकर्मी तथा महिला स्वंम सेविकाहरु सगं समन्वयात्मक बैठक गर्ने लगाएतका कार्यक्रमहरु सचांलनमा रहेको संस्थाका महासचिब अशोक बलमे बताए ।
स्वास्थ्य सामग्री हस्तातरण कार्यक्रममा सुदूरपश्चिम प्रदेश सासंद गोविन्द बोहरा, परशुराम नगरपालिका मेयर भिमबहादुर साउँद, अमरगढीका मेयर विशेश्वर प्रशाद ओझा लगायका जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय