काठमाडौँ/कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले गत साउनमा स्थगित परीक्षा भदौ ३० गतेदेखि सुरु गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणबाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिनुभयो ।

कक्षा १२ मा झण्डै पौने चार लाख विद्यार्थी छन् । गत जेठमा तय भएको परीक्षा साउन ३१ गते शुरु गर्ने भनिए पनि कोरोना संक्रमण उच्च भएपछि रोकिएको थियो ।
बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मुल्याङ्कनका लागि परीक्षा लिएको थियो । तर यस वर्ष भने शतप्रतिशत नै परीक्षा लिने भएको छ ।
यो लिंकमा थिचेर परीक्षा तालिका हेर्नुहोस।
https://matraeducation.com/wp-content/uploads/2021/09/ROUTINE.pdf









