डोटी/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बीर बहादुर बलायरले १४ औं महाधिबेशन हुने निश्चित भएको भन्दै डोटी जिल्लामा अधिबेशन ऐतिहासिक हुने र सबैलाई मिलाएर लैजाने बताए ।
प्रेस युनियनले मंगलबार दिपायलमा गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । बलायरले आफु केन्द्रिय सदस्य भएकाले महासमिति सदस्य स्वतः हुने भएकाले कसैसंग चुनाब जित्नु, हार्नु पर्ने समस्या हुँदैन त्यसैले सबैलाई मिले जाऊ भन्न सजिलो हुन्छ र मिलाएर लैजान सकिने बताए ।
नेता बलायरले संघीय सरकार परिवर्तन भएसंगै प्रदेश सरहरु पनि परिवर्तन हुनुपर्ने बताए । ‘केन्द्रको मन्त्री मण्डलले पूणर्ता पाउने बित्तिकै सुदूरपश्चिम प्रदेशको सरकार समेत परिवर्तन हुन्छ’, बलायरले भने, कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना बढी भएपनि त्यसो हुन नसके कांग्रेसको सहभागिता मात्रै रहने गरी सरकार परिवर्तन हुनेछ ।’ उनले गठबन्धन अनुसारको अरु दलबाट पनि कांग्रेस प्रतिको व्यवहार परिवर्तन हुनु पर्ने बताए ।
उनले डोटीको समग्र विकासका लागि आफु कटिबद्ध रहेको बताए । डोटीको विकासका मुख्य एजेण्डा इञ्जिनियरिङ्ग कलेज, मेडिकल कलेज, पश्चिम सेती, स्याउले-बिपीनगर-दिपायल फाष्ट ट्रयाक, दिपायल-बझाङ्ग-ताक्लाकोट सडक लगायतका रहेको बलायरले बताए । ति डोटीको लागि गौरबका योजनाहरु रहेकाले आफु सधै ति योजनाका लागि लागि रहने उनले बताए ।
छुट्टै एउटा प्रसंगमा बलायरले सुदूरपश्चिमको राजधानीका लागि फेरी पनि सोच्न सकिने बताए । यो सरकारले राजधानी तोकेको अत्तरिया तेघरीको बिकल्प रहेको उनले बताए । तत्कालिन अवस्थामा आफुलाई डोटेली जनताले हराएर पठाएकाले जति डोटी राजधानीका लागि लड्नु पर्ने हो त्यो नसकिएको स्वीकार गर्दै यदि कांग्रेसको एकलौटी सरकार आए राजधानीका लागि पुनर्बिचार हुने उनले बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय