डोटी/एक जना पुरूषकाे काेराेना बिरूद्धकाे दाेस्राे मात्रा खाेप लगाएकाे केही समयमै मृत्यु भएकाे छ । शिखर नगरपालिका- २ घगडाका ५८ बर्षिय लाल बहादुर बाेगटीकाे मृत्यु भएकाे हाे ।
गाउँ नजिकै रहेकाे खाेप केन्द्रमा भेराे सेलकाे दाेस्राे मात्रा खाेप लगाएर घर गएकाे केही समयमै बाेगटीकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय डाेटीका प्रमुख उद्धब बहादुर ठगुन्नाले बताए ।

‘बिहान साढे आठ बजे उनले खाेप लगाएका थिए’, शिखर नगरपालिकाका स्वास्थ्य एकाइ प्रमुख हरिष शाहले भने, ‘बाेगटीकाे मृत्यु सवा एघार बजे भएकाे हाे ।’ खाेप लगाएर घरमा गई खाना खाएर काेठामा आराम गरिरहेकाे समयमा उनकाे मृत्युु भएकाे बताइएकाे छ । उनकाे मृत्य खाेपका कारण नभएर अन्य कारणले भएकाे हुन सक्ने शाहले बताए ।
‘खाेपकाे एक भाइल (सिसी) मा दुई डाेज खाेप हुन्छन्’, इकाई प्रमुख शाहले भने, ‘उनलाई लगाएकाे भाइलबाट अर्काे व्यक्तिलाई समेत लगाएकाे र अर्काे व्यक्तिलाई कुनै किसिमकाे समस्या नदेखिएकाले खाेपकै कारणले उनकाे मृत्युु भएकाे हाे भन्न सकिदैन ।’ मृतक बाेगटी दिर्घ राेगि भएकाे र उनकाे मृत्यु हृदयघातका कारणले भएकाे हुन सक्ने बताइएकाे छ ।









