सिलेट खबर/धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकालाई विश्वसामू चिनाउने उद्देश्यले साइकल यात्रीको टोली बडिमालिका पुगेर फिर्ता भएको छ । धनगढीबाट निस्किएको साइकल यात्रीको टोली बाजुराको बडिमालिका पुगेको हो । समुन्द्री सतहबाट ४ हजार २ सय मिटरको उचाइमा रहेको बडिमालिकामा साइकलको यात्रा गर्दै भरतविक्रम शाह नेतृत्वको टोली पुगेको हो ।

भदौ ६ गते बडिमालिकामा लाग्ने मेला पुगेर फिर्ता भएको साइकल यात्री भरत विक्रम शाहले बताए । ९३ किलोमिटरको दूरी साइकलमा तय गरेको साइकल यात्री शाहले बताए । शाह र काठमाडौंका साइकल यात्री विकास महर्जन बडिमालिकास पुगेका हुन्।

भदौ २ गते सुरु भएको साइकल यात्रा सोमबार साँफेबजार पुगेर टुङ्गिएको हो । उनीहरु साइकलसहित पहिलो पटक बडिमालिका पुगेका हुन् । बडिमालिकामा प्रत्येक वर्ष जैनपूर्णिमामा हजारौं दर्शनार्थी जाने गर्दछन् ।

यो वर्ष भने साइकल यात्रीसहितको टोली बडिमालिका मन्दिर पुगेको स्थानीय डम्मर उपाध्यायले बताए । बडिमालिकालाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउन साइकल यात्रा गरेको शाहले बताए।

बडिमालिका यात्रामा निसर्ग अस्पताल धनगढी र ग्रीन गोदावरीका सदस्यहरुको सहभागिता रहेको शाहले बताए । उनका अनुसार निसर्ग अस्पतालका कुबेर शाही, ग्रीन गोदावरीका रवि भट्ट, दुर्गा अधिकारी, रोशन भट्ट, किरन बोहरा, केशबराज भट्ट सुभाष चन्द, प्रकाश शाही र कुसल बिष्टको समूहले बडीमालिका यात्रा तय गरेका हुन् ।

बडिमालिका तथा त्रिवेणी नगरपालिकाका विभिन्न ठाउँमा निसर्ग अस्पतालले करिब २ लाख बराबरको औषधिसमेत वितरण गरेको शाहीले बताए । बडिमालिका क्षेत्र धार्मिक मात्र नभइ जैविक विविधता, बन्यजन्तु, जडिबुटी, तथा वातावरणीय दृष्टीकोणले विषेश महत्व रहेको छ ।

पर्यटकीय सम्भावना बोकेका २२ पाटन्, त्रिवेणी, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय