दैलेख/जिल्लाकोे गुँरास गाउँपालिकामा आलुको बिउ उत्पादन गर्न टिस्यूकल्चर ल्याब निर्माण गरिएको छ । दैलेखको घोडाबासमा कृषकलाई व्यवसायिक बनाउन र उनीहरूको आम्दानी वृद्धि गर्न गाउँपालिकाले ल्याब निर्माण गरेको हो ।

गुराँस गाउँपालिकाको १ करोड ९५ लाख र नेपाल कृषि विकास फर्मको साझेदारीमा दुई करोड लगानीमा कर्णालीकै पहिलो आलुको बिउ उत्पादन टिस्यूकल्चर ल्याब निर्माण गरिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । उनकाअनुसार टिस्यूकल्चर, कलमी तथा हाइब्रिट प्रविधिबाट विरुवाहरू उत्पादन गर्ने उदेश्यले ल्याब निर्माण गरिएको हो । ल्याबको ९० प्रतिशत काम सकिएको छ । टिस्यूकल्चर ल्याबबाट वार्षिक आलुको बिउ १० लाख दाना र पाँच लाख ओटा फलफूलका विरुवा उत्पादन गर्ने योजना छ ।

ल्याबबाट उच्चस्तरीय र स्वस्थ गुणस्तरीय आलुको शुद्ध मूल बिऊ सस्तो पाइने अध्यक्ष ओलीको भनाइ छ । ‘कृषकले बाहिर खरिद गरेको बिउभन्दा ल्याबको बिउ गुणस्तरीय हुन्छ र उत्पादनमा वृद्धि गर्छ,’ ओलीले भने, ‘ल्याबबाट उत्पादित बिउ शत प्रतिशत स्वस्थ हुनेहुँदा खेर जाँदैन र कृषकहरूलाई खेती गर्न सहज र सस्तो पनि हुन्छ ।’

गुराँसका दुई हजार आठसय कृषकहरूलाई व्यवसायिक बनाउन र उनीहरूको आयस्तर वृद्धि गर्न ल्याब निर्माण गरिएको गाउँपालिकाका ओलीको भनाइ छ । ‘महंगोमा ििबउ खरिद गर्न बाध्य कृषकहरूलाई ल्याबबाट उत्पादित बिउ सहुलियतमा उपलव्ध गराउनेछौं,’ अध्यक्ष ओलीले भने, ‘वषौदेखि कृषिमा लागेका कृषकहरूलाई यो प्रविधिबाट उपलव्ध हुने बिउले आम्दानीको स्तर बढ्ने हाम्रो अपेक्षा छ ।’

ल्याबबाट आलुको बिउ उत्पादन असोजदेखि सुरु गर्ने तयारी छ । तर हाइटेक नर्सरीबाट उत्पादन गरिएका फलफूलका विरुवाहरू हाल ४८ जिल्लामा पठाउने गरिएको छ । मुख्यगरी, कर्णाली र लुम्बिनी प्रदेशमा गुराँसेको बिउ निर्यात भइरहेको छ । पहाडी हावापानीमा फल्ने फलफूलका विरुवा उत्पादन गर्ने ल्याबको लागत निर्माण चार करोडको हो ।

योमध्य गुराँस गाउँपालिकालको एक करोड ९५ लाख र कृषि विकास फार्मको दुई करोड पाँच लाख रहेको छ । ल्याबबाट हुने आम्दानीको २० प्रतिशत गुराँस पालिकाको राजश्वमा जम्मा हुने र बाँकी ८० प्रतिशत फार्मले लिनेछ । ल्याब निर्माणसँगै प्रत्यक्ष रूपमा १७ जना रोजगारीमा जोडिएका छन् । २१ वर्षका लागि भाडामा लिएको जग्गा ७० रोपनी रहेको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय