जिल्ला प्रहरी कार्यालय डोटीले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सवारी चालक र सहचालकसंग मास्क लगाऔं अभियान संचालन गरेको छ ।
प्रहरीले बिगतदेखि संचालन गर्दै आइरहेको अभियान मंगलबार डोटीकोे पिपल्ला बजारमा मास्क लगाऔं अभियान गरेको हो ।
कोरोनाको तेस्रो लहरले भयावहको रुप लिइरहेका बेला यातायात व्यवसायी तथा सवारी चालक, सहचालक, व्यवसायी लगायतको उपस्थितिमा जनचेतना मुलक कार्यक्रम गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमूख प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताए ।
सवारी साधनमा बढी भिडभाड हुने र चढ्दा मास्कनै नलगाइ चढ्ने भएकाले बिशेषगरी चालक तथा सहचालकसंग यो अभियान संचालन गर्नु परेको प्रहरी उपरिक्षक मल्लले बताए । कोरोना संक्रमणबाट बच्ने सबैभन्दा प्रभावकारी कार्य मास्क लगाउनु तथा अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु रहेकाले यस्ता कार्यक्रम जिल्लाका विभिन्न स्थानमा संचालन भइरहने प्रहरी उपरिक्षक मल्लले बताए ।
कोरोना संक्रमणका कारण ठुलो संख्यामा मानिसहरुको मृत्यु भइसकेको भएपनि अझै सर्बसाधारणमा चेतना नआइसकेको र लापर्वाही गरिरहेका कारण यस्ता किसिमका अभियानको आवश्यकता झनै बढीरहेको डोटीका निमित्त प्रमूख जिल्ला अधिकारी किरण जोशीले बताइन् ।










