आज १२औं अन्तर्राष्ट्रिय याेग दिवस डाेटीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएकाे छ ।
“स्वस्थ बृद्धअबश्थाका लागि याेग” भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरि याेग दिवस मनाइएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय अगाडिदेखि शैलेश्वरी मन्दिरसम्म प्रभातफेरि गर्दै शैलेश्वरी मन्दिर प्राङ्गणमा याेगाभ्यास तथा अन्य औपचारिक कार्यक्रम गरि दिवस मनाइएको हाे ।

दिवसकाे अवसरमा विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगिता समेत गरिएकाे थियाे ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पतञ्जली याेग समिति, डाेटी, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति तथा दिसिनपाकाे संयुक्त आयाेजनामा मनाइएको कार्यक्रममा समन्वय प्रमुख, प्रजिअ, एसपी, याेग प्रशिक्षकहरू, विभिन्न विद्यालयका विद्यार्थीहरूकाे उपस्थिति रहेकाे थियाे ।









