सिलगढी, बैशाख- २,
प्रथम अन्तर्राष्ट्रिय आराेग्य दिवस डाेटीमा पनि मनाइएकाे छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डाेटीकाे आयाेजना तथा पतञ्जली याेग समिति डाेटीकाे सहकार्यमा दिवस मनाइएकाे हाे ।


‘दैनिक व्यायाम, निराेगी जीवन’ भन्ने मुल नाराका साथ दिवस मनाइएको हाे । जिल्ला प्रशासन कार्यालय डाेटीका प्रशासकीय अधिकृत जीत बहादुर रानाकाे अध्यक्षतामा कार्यक्रम गरिएकाे थियाे ।
कार्यक्रममा बाेल्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका वैध्य खडक बहादुर बमले हामीले सबैले दैनिकरूपमा याेग, व्यायाम निरन्तर गर्नुपर्ने र आयुर्वेद चिकित्सा पद्धति अपनाउनु पर्ने बताए ।
कार्यक्रममा बाेल्दै जिल्ला प्रशासन कार्यालयका अधिकृत रानाले सबैले याेगकाे माध्यमबाट आराेग्य जीवन जिउनु पर्ने बताए ।

जिल्ला समन्वय समितिकाे सभाहलमा सम्पन्न भएकाे आराेग्य दिवस विभिन्न किसिमको याेग अभ्यास, ध्यान, प्रणायाम गरेर मनाइएको थियाे ।









