डाेटी, चैत- १३,
खाना खानेक्रममा घाँटीमा मासुकाे चाेक्टा अड्किंदा डाेटीमा एकजनाकाे मृत्यु भएकाे छ ।
आदर्श गाउँपालिका वडा नम्बर ७ दहकालिका बस्ने बर्ष ५० का काले नेपालीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

बिहिवार राति आफ्नै घरमा खाना खानेक्रममा घाँटीमा मासुकाे चाेक्टा अड्किंदा बेहाेस भएका नेपालीलाई उपचारको लागि करिब साढे बजेतिर राजपुर स्थित सुजङ अस्पतालमा लगिएकाे थियाे । अस्पतालमा डाक्टरले चेकजाँच गर्दा उनलाई मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ ।









