सिलगढी, चैत- ८,
डाेटीमा पनि विविध कार्यक्रम गरि विश्व पानी दिवस मनाइएकाे छ ।
सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले विविध कार्यक्रम गरि आइतबार ३४ औं विश्व पानी दिवस मनाएकाे हाे ।

‘शान्तिकाे लागि पानीकाे उपयाेग’ भन्ने मूल नाराका साथ पानी दिवस मनाइएकाे छ । प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिर परिसरमा सरसफाइ गरि दिवसको थालनी गरिएकाे समितिका अध्यक्ष जगत बहादुर खड्काले जानकारी दिएका छन् ।

दिवसकाे अवसरमा मालिका मन्दिर परिसर सरसफाइ तथा सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिकाे कार्यालय परिसर समेत सरसफाइ गरिएकाे अध्यक्ष खड्काले जानकारी दिए ।

कार्यक्रममा बाेल्दै अध्यक्ष खड्काले उपभोक्तलाई शुद्ध खानेपानी उपलब्ध गराउनु हामी सधै तयार रहेकाे र साेहि अनुसार काम भइरहेकाे बताए ।
कार्यक्रममा समितिका सम्पूर्ण पदाधिकारी, सदस्य तथा कर्मचारीकाे उपस्थिति रहेकाे थियाे ।









