डाेटी, चैत- ७,
पतञ्जली योग समिति नेपाल डोटीको चौथो जिल्ला अधिबेशनबाट अध्यक्ष पदमा गणेश मलासीलाई सर्बसम्मत चयन गरिएको छ ।
शनिबार सिलगढीमा सम्पन्न चौथो जिल्ला अधिबेशनबाट मलासीलाई अध्यक्ष पदमा चयन गरिएको हो ।


समितिको उपाध्यक्षमा जगत बहादुर खड्का र बिजय ओझा , महामन्त्रीमा लवदेव भट्ट, कोषाध्यक्ष हिक्मत विष्ट, सोसल मिडिया अध्यक्षमा खगेन्द्र सिंह, प्रशिक्षण अध्यक्षमा बलदेव जोशी, संगठन सचिव केशवराज ओझा चयन हुनुभएको छ ।
समितिको सदस्यमा तुलाराम साउद, लक्ष्मण बलायर, शारदा सिंह, शोभा सिंह, शारदा श्रेष्ठ र कृष्ण विक चयन हुनुभएको छ ।

अधिवेशनबाट सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकारमा लक्ष्मण बहादुर सिंह, बाजी सिंह खड्का, खेमराज भण्डारी, लक्ष्मी बम, रमेशचन्द्र जोशी चयन हुनुभएको छ ।
चौथो जिल्ला अधिबेशन पतञ्जली योग समितीका जिल्ला अध्यक्ष खेम भण्डारीको अध्यक्षता एवं दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजी सिंह खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन निवर्तमान संगठन सचिव लवदेभ भट्टले प्रस्तुत गरेका थिए ।









