डाेटी, सुदूरपश्चिममा नेपाली कांग्रेसले विजयीको खाता खोलेको छ। नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का सात सय ८७ मत अन्तरले विजयी भएका हुन् ।
खड्काले १४ हजार आठ सय ९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिपक बहादुर धामीले १४ हजार एक सय १० मत ल्याए ।

त्यसैगरी तेस्रो स्थानमा रास्वपाका नरेन्द्र बहादुर खड्का रहेका छन् । उनले १३ हजार दुई सय ७० मत ल्याउँदा नेकपाका त्रिलोचन भट्टले ५ हजार ४ सय १३ मत ल्याए।
डोटीमा जम्मा ५२ हजार एक सय ४२ मत खसेको थियो । बदर मत संख्या २ हजार ९७४ रहेको छ ।









