डाेटी, फागुन २१
डाेटीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा जम्मा ४०.९ प्रतिसत मत खसेकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले दिएकाे जानकारी अनुसार जिल्लाभरी ५२ हजार चार सय ८५ मत खसेकाे छ ।


जिल्लाका सबै एक सय ८० मतदान केन्द्रहरूमा शान्तिपूर्ण तरिकाले मतदान भएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।
महिलाकाे ३१ हजार नाै सय दुई मत र पुरूषकाे २० हजार पाँच सय ८३ मत गरि जम्मा ५२ हजार चार सय ८५ मत खसेकाे जिल्ला निर्वाचन अधिकारी करूणाकर पन्तले जानकारी दिएका छन् ।
जिल्लाभरी महिलाको मत ११ हजार तीन सय १९ ले अगाडि रहेकाे छ । डाेटीमा यसअघि २०७९ काे निर्वाचनमा ४७ प्रतिशत मत खसेकाे थियाे ।
त्मयसैगरी तदानकाे कार्य सकिएसंगै अहिले मतपेटिका संकलन कार्य भइरहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । सदरमुकाम आसपासका मतदान केन्द्रबाट संकलन भइसकेकाे र अन्य क्षेत्रबाट मतपेटिका आइरहेका बताइएकाे छ ।









