डोटी, फागुन– ५
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस पार्टीको तर्फबाट डोटी जिल्लाबाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका भरत बहादुर खड्का अहिले चुनाबी अभियानमा भ्याइनभ्याइ छन् ।
देशमा बढेको भ्रष्टाचार, दण्डहीनता, शासकीय अराजकता, आर्थिक विचलन र कुटनीतिक असन्तुलनका कारण देशमा गहिरिएको शङ्कट निवारण र राजनीतिक अवस्था तथा व्यवस्थाप्रति जनस्तरमा बढेको आक्रोस र विद्रोहको भावनालाई आत्मसात् गर्दै लोकतन्त्रलाई नागरिकको जीवनपद्धतीसँग जोड्ने युगीन दायित्व वहन गर्ने अभियानमा योगदान पु¥याउन बदलिएको नेपाली कांगे्रसको उम्मेदवारको रूपमा आफुलाई चिनाउँदै खड्काले डोटी जिल्लाको विकास र समृद्धिका लागि विभिन्न प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।

ऐतिहासिक विरासत बोकेको नेपाली कांगे्रस दोस्रो विशेष महाधिवेसनबाट आफुलाई परिष्कृत गर्दै यथास्थिति र अराजकताबाट देशलाई जोगाउँन विसम परिस्थितिमा सभ्य, सुसंस्कृत र लोकतान्त्रिक मुलुक निर्माणको युगीन नेतृत्व लिन युवा चेतना र युवा नेतृत्वका साथ देशभर आफ्नै ‘रुख’ चिन्ह बोकेर निर्वाचनमा होमिएकोले आम जनताले कांग्रेसलाई साथ दिनेमा खड्का ढ्क्क रहेका छन् ।
भ्रष्टाचार, दण्डहीनता, शासकीय अराजकता जस्ता बेथितिका विरुद्ध राष्ट्रियस्तरमा उठेको युवा आवाज र युवा भावनालाई सम्बोधन गरी जनउत्तरदायी र जवाफदेही शासन व्यवस्था स्थापित गर्न आफु प्रतिबद्ध रहेको उनले बताएका छन् ।
खड्काले भनेका छन्, ‘म सदैव डोटी र डोटेली जनताको मानसम्मान, समुन्नति र समृद्धिका लागि तथा राष्ट्रको सर्वोपरि हितका लागि अहोरात्र खटिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
डोटेली नागरिक प्रति जवाफदेही बन्न हेलो सांसद कार्यक्रम सञ्चालन गर्नेछु ।, जेनजी आन्दोलनको मर्मलाई आत्मसात गरी सुशासनको प्रत्याभुतिसहित भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताका लागि सशक्त पहल गरिने छ ।, जेनजी लगायत युवाहरूको प्रतिभा पलायन रोक्न उद्यमशीलता तथा युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिने छ ।
त्यसैगरी धनगढी–खुटिया–दिपायल (फास्ट्र्याक) सडकलाई २ वर्षभित्र निर्माण सम्पन्न गर्न जोड दिइने छ ।, सहजपुर–बोगटान–दिपायल (बोगटान) सडकलाई यथाशीघ्र कालोपत्रे सम्पन्न गरिने छ ।, वानेडुङ्ग्रीसैन स्थित सातनाली मोटरेवल पुल निर्माण सम्पन्न गर्न सम्वन्धित निकायमार्फत आवश्यक पहल गरिने छ ।

खप्तड ईन्जिनियरिङ क्याम्पसको पुर्वाधार निर्माण एवं कक्षा सञ्चालनका लागि तीनै तहका सरकार विच समन्वय र पैरवी गरिने छ ।, नेपालको मुख्य पर्यटकीय गन्तव्यका रूपमा स्थापना गर्न खप्तड, तेलेलेक, शिखर काफली, घण्टेश्वर, बडीकेदार, तामागिरी मालिकाको एकीकृत गुरु योजना तयार गरी पुर्वाधार विकास गरिने छ ।, दिपायल विमानस्थल नियमित सञ्चालनका लागि पहल गरिने छ ।
ग्रामीण क्षेत्रका मुख्य सडकहरूमा कालोपत्रे गर्न पहल गरिने छ ।, पश्चिमसेती जलाशययुक्त परियोजना एवं सेती नदी परियोजना–६ (SR-6) परियोजनालाई यथाशक्य चाँडो कायान्वयनमा ल्याइने छ ।, जिल्ला अस्पताल डोटीमा सघन उपचार कक्ष, शववाहन, विशेषज्ञ चिकित्सकसहित शैया थप गरी सेवाप्रवाहको स्तर वृद्धि गरिने छ ।, प्रादेशिक सरुवारोग अस्पतालमा आवश्यक उपकरण, जनशक्ति व्यवस्था गरी स्वास्थ्य सेवा सञ्चालनमा ल्याइने छ ।
बसाइँसराइ न्युनीकरण गर्न विशेष प्याकेज ल्याइने छ ।, प्रदेश सभा निर्वाचन क्षेत्र नं २ का नागरिकहरूको स्वास्थ्य उपचारमा सहजता ल्याउन सम्भाव्यता अध्ययन गरी प्रादेशिक अस्पताल स्थापनाका लागि पहल गरिने छ ।
वैदिक सनातन धर्मसंस्कृतिको प्रवद्र्धन गरिने छ ।, पानीका मुहान संरक्षण सहित स्वच्छ खानेपानीको लागि एक घर एक धारा कार्यक्रम अनिवार्य सञ्चालन गरिने छ ।, शिक्षालाई व्यवसायी एवं गुणस्तरीय बनाउन पहल गरिने छ । डोटीमा बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि पहल गरिने छ ।

मानव संसाधन विकासका लागि ठोस योजना तर्जुमा एवं कार्यान्वयन गरिने छ ।, विपद् व्यवस्थापनका लागि नदी कटान, पहिरो र वन्यजन्तुको प्रकोप रोक्न पहल गर्नुका साथै बृहत् तटबन्धन कार्यक्रम मार्फत जमिन संरक्षण कार्यक्रम सञ्चालन गरिने छ ।
विदेशमा गएका युवाहरूको सिप, अनुभव र स्थानीय स्तरमा लगानी गर्न उत्प्रेरिता गरिने छ ।, पर्यावरण संरक्षणका लागि जल, जमिन, वन्यजन्तु संरक्षण अभियान कार्यान्वयनमा ल्याइने छ ।, खप्तड मध्यवर्ती क्षेत्रका बासिन्दाहरूको आर्थिक समृद्धि एवं जीविकोपार्जनका लागि लघु उद्यम तथा राहतका कार्यक्रम ल्याउन पहल गरिने छ । साथै मानव एवं वन्य जन्तुविचको द्वन्द्व न्युनीकरणका कार्यक्रम ल्याइने छ ।
डोटी जिल्लाको चौतर्फी विकास र समृद्धिको लागि समन्वयात्मक र सामूहिक प्रयासलाई गति दिन र जिल्लालाई विकास र समृद्धिको राष्ट्रिय मूल प्रवाहमा समाहित गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सडक, विद्युतीकरण, रोजगारी प्रवद्र्धनलगायत सामाजिक तथा भौतिक विकासका कार्यहरूलाई व्यवस्थित र योजनावद्ध किसिमले सम्पन्न गर्न यस क्षेत्रका नागरिकले गर्वको अनुभूति गर्ने गरी काम गर्नै प्रतिबद्धता समेत खड्काले व्यक्त गरेका छन् । डोटीका अन्य कार्यहरू सम्पन्न गर्दै राष्ट्रिय राजनीति र विकास अभियानमा निरन्तर लागि पर्ने खड्काले बताए ।









