डोटी, फागुन– ४,
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि डोटीमा तीनदलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचन नजिकिदै गर्दा स्पष्टरुपमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो ।

प्रतिनिधि सभा सदस्यको एक मात्र क्षेत्र रहेको डोटी जिल्लामा ९ वटा दलले आफ्ना उम्मेदवारहरुलाई चुनावी मैदानमा पठाएका छन्। तर मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रतिस्पर्धा हुने देखिन्छ ।

नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य भरतबहादुर खड्का उम्मेदवार बनेका छन् । खड्का २०७० सालमा संबिधान सभा सदस्य हुन्, भने २०७४ मा प्रदेश क्षेत्र नम्बर ‘१’ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । २०७९ को स्थानीय तहको निर्वाचनमा डोटीका नौ वटा स्थानीय तह मध्य सात वटा स्थानीय तहका प्रमुख उपप्रमुख तथा एउटाको उपप्रमुखमा नेपाली कांग्रेसले जीत हासिल गरेकाले पनि कांग्रेस जित्नेमा ढुक्क देखिन्छ ।

तर बिगतका निर्वाचनमा कांग्रेस भित्रनै अन्तरघातको गन्ध देखिन थालेपछि यसपटकको निर्वाचनमा पनि दोहोरिन्छ कि भन्ने डर कांग्रेसमा देखिएको छ । बिगतका निर्वाचनमा गठबन्धनका कारण कांग्रेस आफ्नै चुनाव चिन्हमा छाप लाउन नपाएकाले धेरै बर्षपछि यसपालिको निर्वाचनमा एकढीक्का भएर रुख चिन्हमा छाप लगाउनेमा आफु ढुक्क भएको खड्का बताउँछन् ।

नेपाली कांग्रेसले आफ्ना कोर भोटरलाई मात्रै सुरक्षित राख्न सक्ने हो भने पनि कांग्रेस सजिलै जित्न सक्ने कतिपय व्यक्तिको बुझाइ छ । यसै बिच डोटीमा नेपाली कांग्रेसको पुरानो बिरासत फर्काउन जसरी पनि लाग्नुपर्ने नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष रघु कठायत बताउँछन्। उनका अनुसार कांग्रेसका लागि यो पुरानो बिरासत फर्काउने उपयुक्त समय र मौका पनि हो। तर उता एउटै क्षेत्र (भेग) तथा पारिवारिक हिसाबले पनि नजिकका रास्वपाका उम्मेदवार नरेन्द्र बहादुर खड्काले कांग्रेसका मत प्रभावित गर्ने आँकलन गरिएको छ ।

रास्वपाका उम्मेदवार खड्का कांग्रेस पृष्ठभुमिबाट भएकाले उनले कांग्रेसकै भोट प्रभावित पार्ने अनुमान गरिएको छ । यद्यपि डोटीमा रास्वपाको क्रेज खासै नरहेपनि यदि ठुलो संख्यामा रास्वपाले भोट पाएको खण्डमा नेपाली कांग्रेसका उम्मेदवारलाई मार्का पर्ने देखिएको छ ।

नेकपा एमाले डोटीले युवा नेता दिपक धामीलाई उम्मेदवार बनाएको छ । धामी हाल एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अध्यक्ष हुन् । धामी स्थानीय जनता माँझ खासै नभिजेका भएपनि युवा भएकाले युवाहरुको सहानुभुतिक मत तान्न सक्ने देखिन्छ ।

जिल्ला पार्टी अध्यक्ष मञ्जु मलासी तथा प्रदेश सभा सांसद एवं केन्द्रीय सदस्य चक्र बहादुर मल्ल लगायतका सिनियर नेताहरुलाई उछिन्दै प्रतिनिधि सभा सदस्य उम्मेदवारको टिकट ल्याएका धामी भदौ २३ र २४ को जेनजी आन्दोलन पश्चात देशमा अनुभवी, बुढा नेताभन्दा नयाँ पुस्ताका युवा नेताहरुले जनता माँझ बढीनै महत्व पाइरहेकाले पनि आफू विजयी हुनेमा ढुक्क देखिन्छन् ।

त्यसैगरी नेकपाको तर्फबाट उम्मेदवार बनेका त्रिलोचन भट्टको पनि  जिल्लामा राम्रो माहोल बन्दै गईरहेको छ । नेकपाको केन्द्रीय सदस्य समेत रहेका भट्ट २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट डोटी प्रदेश क्षेत्र ‘२’ बाट निर्वाचन भइ लगातार पाँच बर्षसम्म सुदुरपश्चिम  प्रदेशको मुख्यमन्त्री भएका थिए ।

जिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेको जस्तो संगठन बलियो नरहेपनि मुख्यमन्त्री भएका बेला जिल्लामा गरेका विकास निर्माणका कार्यले जिल्लाबासीले आफुलाई मत दिएर सम्झिने भट्टको विश्वास छ ।

जिल्लामा कमजोर संगठन रहेको राष्ट्रिय जनमोर्चाबाट मनोज भट्टले उम्मेदवारी दर्ता गराएका छन् । भट्ट राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव हुन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खडग अग्रवाल, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही, नेकपा (माओवादी)बाट प्रकाश कठायत तथा मितेरी पार्टी नेपालबाट सरस्वती मल्ल पालले प्रतिनिधि सभासदस्यको उम्मेदवारी दिएका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय