धनबहादुर बाेहरा
डाेटी, माघ- २७,
डाेटीकाे आदर्श गाउँपालिका वडा नम्बर ७ को नवनिर्मित वडा कार्यालय भवन औपचारिक रूपमा उद्घाटन गरिएको छ । सुविधा सम्पन्न उक्त भवन एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो । नवनिर्मित भवनको उद्घाटन जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण सिंहले गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै समन्वय समिति प्रमुख सिंहले वडा कार्यालय भवन सेवा प्रवाहको मुख्य आधार भएको उल्लेख गर्दै भवन निर्माणले सेवाग्राहीलाई सहज, प्रभावकारी र छरितो सेवा दिन महत्वपूर्ण टेवा पुग्ने बताए । उनले अब नयाँ भवनबाट वडा कार्यालयले नागरिकलाई अझ व्यवस्थित र सहज रूपमा सेवा प्रदान गर्न सक्ने विश्वास व्यक्त गरे ।

वडा अध्यक्ष लाल बहादुर बिष्टले यसअघि सुविधा सम्पन्न भवनको अभावमा सेवा प्रवाहमा विभिन्न समस्या आइरहेको स्मरण गर्दै नयाँ भवन निर्माण भएसँगै ती समस्या समाधान हुने बताए । उनले साँघुरो र चुहिने पुरानो भवनबाट सेवा दिनु पर्दा कर्मचारी तथा सेवाग्राही दुवैलाई असहज भएको भन्दै अब नयाँ भवनबाट सेवा प्रवाह थप चुस्त, दुरुस्त र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

त्यस्तै, वडा सचिव जग्दिश नेपालीले गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यअनुसार वडा कार्यालयको आफ्नै भवन निर्माण गरिएको जानकारी दिए । उनले सुविधा सम्पन्न भवनको पूर्ण सदुपयोग गर्दै कर्मचारीहरूले आम नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा दिनुपर्नेमा जोड दिए । आफ्नै भवन निर्माण हुन पाउँदा खुशी व्यक्त गर्दै उनले अब वडावासीहरूले सेवा लिन आउँदा विभिन्न कठिनाइ तथा असुविधा भोग्न नपर्ने बताए ।

वडा कार्यालयको नवनिर्मित भवन ९५ लाख रूपैया लगानीमा निर्माण गरिएको हो । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, समाजसेवी तथा वडावासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय