डाेटी, माघ- २९,
डाेटीमा बन्दुककाे छर्रा लागि एकजना युवककाे मृत्यु भएकाे छ । बोगटान फुड्सिल गाउँपालिका वडा नं. ०१ लफडा गाउँमा बस्ने बर्ष ३० का कलम धामीकाे मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
साेहि वडा पोखरीका दुर्गा सिंह कुडमालको ३ तले घरको माथिल्लो तलामा बिजुली वायरिङ्ग गरिरहेकाे अवस्थामा बुधबार बेलुकी करिब ६:४० बजेकाे समयमा सोही कोठामा राखिएको भरुवा बन्दुक पट्कन गई बाँया कन्चटमा छर्रा लागी मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

घटनाकाे बिषयमा जानकारी हुनासाथ प्रहरी सहायक निरिक्षक रामबहादुर कार्कीकाे कमाण्डमा प्रहरी टाेली खटिएकाे र थप अनुसन्धानको लागि आज बिहान प्रहरी निरिक्षक नवराज रावलकाे कमाण्डमा soco सहित प्रहरी टिम खटिएको जिल्ला प्रहरीले जानकारी दिएकाे छ ।









