बन्दना बम
डोटी, माघ– ६,
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि डोटीबाट नौ वटा राजनितिक दलहरुले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

उम्मेदवारी दर्ता गर्ने दलहरुमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यबाट भरत बहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । खड्का २०७० सालमा समानुपातिक सांसद हुन भने २०७४ मा प्रदेश क्षेत्र नम्बर क बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

नेकपा एमालेबाट  दीपक धामीले उम्मेदवार दर्ता गरेका छन् । धामी हाल एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अध्यक्ष हुन् ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट त्रिलोचन भट्टले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाको केन्द्रीय सदस्य रहेका भट्ट २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट डोटी प्रदेश क्षेत्र ‘ख’ बाट निर्वाचित भएका थिए भने उनी पाँच वर्षसम्म सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नरेन्द्र बहादुर खड्काले उम्मेदवारी दिएका छन् । खड्का २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनामा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन लडि पराजित भएका थिए । उनी व्यवसायिक पृष्ठभूमीका हुन् । डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहिसकेका छन् ।

राष्ट्रिय जनमोर्चाबाट मनोज भट्टले उम्मेदवारी दर्ता गराएका छन् । भट्ट राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खडग अग्रवालले प्रतिनिधि सभा सदस्यको उम्मेदवार दर्ता गराएका छन् ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाहीले उम्मेदवारी दर्ता गरेका छन् । डोटी जिल्लामा नेमकिपाको संगठन शुन्य जस्तै भएकाले शाही उम्मेदवारका लागि लम्किचुहा नपा ४, कैलालीबाट आएका हुन । उनी नेमकिपाको केन्द्रीय सदस्य रहेका छन् ।

नेकपा (माओवादी)बाट प्रकाश कठायतले उम्मेदवारी दर्ता गराएका छन् ।

डोटीमा नयाँ पार्टीको रुपमा मितेरी पार्टी नेपालले समेत आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेको छ । उक्त पार्टीबाट सरस्वती मल्ल पालले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उम्मेदवारी मनोनयन दर्ता गर्दै डोटीका अधिकांश उम्मेदवारहरुले डोटीको समग्र विकास तथा जेनजी उमेर समुहले उठाएका मुद्दाहरुलाई संस्थागत गर्न लागने बताएका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय