माघ १, डोटी,
एघारौँ राष्ट्रिय योग दिवस डोटीमा पनि मनाइएको छ ।
बिहीबार सिलगढीमा “स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” भन्ने मूल नाराका साथ राष्ट्रिय योग दिवस मनाइएको हो ।


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल,पतञ्जलि योग समिति डोटीको आयोजना तथा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको सहकार्यमा राष्ट्रिय योग दिवस मनाइएको पतञ्जलि योग समिति डोटीका अध्यक्ष खेम भण्डारीले बताए । सभ्य समाज निर्माण गर्न अति आवश्यक रहेको भण्डारीले बताए ।
जिल्लामा योग अभ्यास गर्दै दिवस मनाइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलका योग प्रशिक्षक बलदेव जोशीले बताए ।योग हरेक व्यक्तिको दैनिक जीवनमा अति महत्त्वपूर्ण रहेको भन्दै राष्ट्रिय योग दिवस मनाइएको जोशीले बताए ।
योग व्यक्तिको जीवन सुखमय र स्वस्थ बनाउनका लागि उपयोगी रहेको पतञ्जलि योग समिति सुदूरपश्चिम प्रदेश महामन्त्री लक्ष्मी बमले बताइन् ।

नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले योगलाई दिवसका रूपमा मात्रै नलिई हरेक व्यक्तिले स्वस्थ र सुखी रहन दैनिक जीवनमा योगाभ्यास गर्नु पर्नेमा जोड दिए ।
जिल्ला प्रशासन कार्यालय डोटीका खरिदार सुरेन्द्र प्रसाद जोशीको अध्यक्षतामा गरिएको कार्यक्रमको सञ्चालन योग प्रशिक्षक गणेश मलासिले गर्नु भएको थियो ।

एघारौँ राष्ट्रिय योग दिवस जिल्ला स्थित विभिन्न कार्यालयका प्रतिनिधि, योग प्रशिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।









