बन्दना बम
पुस– १, डोटी,
पार्वती नेपालीका लागि बालुवा र गिट्टीसंग खेल्नु नौलो कुरा होइन । उनी अहिले करीब ४५ बर्षकी छन् । १२ बर्षदेखिनै उनले बालुवा र गिट्टीसंग साईनो गाँस्दै र्आएकी थिइन् । १२ बर्षदेखिनै माइतीघरमा कसैका घर निर्माण होस् या घाँस÷दाउरा काट्न होस् पार्वती आमा संगै जाने गर्थीन् । पार्वतीले बिहे गरेर पनि पोइली घरमा समेत बालुवा र गिट्टीसंग साईनो नछोड्नु पर्ने बाध्यता रह्यो ।

अहिले उनले एकदिन पनि बालुवा÷गिट्टीको काम गरेन भने घरमा चुलो बल्दैन । दिपायल सिलगढी नगरपालिका– ६ घर भएकी पार्वती नेपाली अहिले पनि कसैको घर निर्माणको कामहोस् या सडक छेउका वाल (पर्खाल) को काममा होस् सबै ठाउँ देखिने गर्छिन् । काम नपाएको दिन हातमुख जोड्नै गाह्रो हुने उनी बताउछिन् ।

‘घरमा चार जना छोरा–छोरी छन् उनीहरुलाई स्कुल पढाउनै गाह्रो भइरहेको छ ।’, पार्वतीले भनिन्, ‘घरायसी खचै धेरै भएकाले खर्च जुटाउनै गाह्रो भइरहेको छ ।’ ‘खेती गर्नलाई जमिन छैन ।’, उनले भनिन्, ‘सबै चिजकिनेरै खानुपर्छ ।, लेवरी कामनगरी घरको चुलो बाल्न धौ–धौ हुने गर्दछ ।’ ‘बुढोले काममा कुनै किसिमको सहयोग गर्दैनन् ।’ उनले भनिन्, ‘उल्टै जाँड रक्सी खाएर घरमा आइ झगडा गर्ने गर्छन् ।’

उनी एउटा पात्रमात्रै हुन् गरीबीका कारण पार्वती जस्ता कयौं महिलाहरुले दिन–रात श्रम गरेर घरको चुलो बाल्नु पर्ने बाध्यता रहेकोको छ । श्रीमान रक्सीको लतमा हुने र आफुहरुले श्रममा समय व्यतित गरिरहनु पर्ने दुःखेसो यहाँका अधिकांश श्रमिक महिलाहरु बताउछन् ।

शिखर नगरपालिका वडा नम्वर ५ की ४४ वर्षिया लक्ष्मी सार्की पनि बाल–बच्चा पाल्न र पढाउन अफ्नै काँधको जिम्मेवारी सम्झेर सडक अनि घर निमार्णको काम खोज्दै वल्लो पल्लो गाउँ भौतारिन्छिन । कहिले प्रायः गाउँमा काम पाईने भनेको घर निमार्णको हो, कुनै महिना खालि वस्दा बाल–बच्चा भोकै रहन्छन भन्ने पिर लाग्छ, श्रीमान भारतमा आउने जाने गरे पनि खर्च नदिने हुँदा आफ्नो दुई छोरा, एक छोरी र वुढी सासुको रेखदेखदेखि पालनपोषण सबै एक्लैले गरि रहेको उनको भनाईछ । उनी भन्छिन्, ‘म एक्लै भए कि अहिलेसम्म जिउँदो हुन्थ्येन कि यो गाउँ नै छोडेर गैसकेको हुन्थ्ये ।’

श्रीमान्को व्यवास्थामात्रै होइन कुटाई पिटाई बचन र गाली नखाएको दिन हँुदैन घरमा आएको वेला दिन–रात सँधै कुटाई र गाली खानुपर्ने बाध्यता थियो । कतिदिन त घर छोडेर अर्काको घरमा आश्रित भएर रात विताएको छु । त्यो सव बच्चाहरुका लागि सहेको छु । कहिले गाउँमा गोबर मल फाल्ने कामको खोजीमा हुन्छु कहिले अरु नै खेतिपातिको काम गरेर बच्चा र आफ्नो अनि वुढी सासुको पेट भर्दै आएको लक्ष्मीले गहभरी आँसु पार्दै सुनाइन् ।

लक्ष्मी र पार्वती यो पेशाका प्रतिनिधि पात्र मात्रै हुन्, उनी जस्ता हजारौं महिलाहरुले यसरी नै जिविकोपार्जन गर्दै आएका छन । यस्ता काम गर्ने महिलाहरुको न त विमा हुन्छ नत केही ग्यारिन्टी । कामगर्दा कतिचोटी चोटपटक लाग्यो आफ्नै पैसाले उपचार गरेको के आईसिंह ४ की सरु विक आफ्ना दुई सन्तानको लालनपालन गरिरहेकी बताउछिन् । आफ्नो भविष्य त यस्तै भयो अब छोरा छोरीको भविष्य बनाउन सके पनि आफ्नै जीवन सुध्रिएको सम्झीन्थे तर कहिले काँही गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार योजना र साना ठुला योजनाका काम खोल्छ त्यसमा काम गर्न जाँदा कतिदिन हात अनि खुट्टामा चोट लागेर पनि आफनै पैसाले उपचार गर्नु परेरको छ । यस्ता काममा हाम्रो जीवनको पनि केही ग्यारिन्टी नै छैन । बीमा भएपनि उपचार गर्न आफ्नै पैसा त खर्चिनु पर्थेन विकको भनाई छ ।

अनौपचारीक श्रम गरेर जीवनयापन गर्ने व्यक्तिहरुका लागि नेपाल सरकारले श्रमको मूल्य तोकेपनि अझै कार्यान्वयनमा भने समस्या यथावत रहेको शिखर नगरपालिकाकी नगर उपप्रमुख सुनिता रावल जोराको भनाई छ । उनका अनुसार, श्रमको मूल्य दक्ष अर्धदक्ष र अदक्ष गरि तीनवटा श्रेणीमा विभाजन गरिए पनि दक्षहरुको हकमा नेपाल सरकारले नै कायम गरिएको रकम दिने गरेको छ । अदक्ष श्रमिकहरुको हकमा भने कतैपनि लागु गरेको देखिदैन, त्यसमा अझै महिलाहरुको हकमा भन्ने हो भने त कतै त्यस्तो देखिदैन । उपप्रमुख जोराले भनिन्, ‘प्रधानमन्त्री स्वरोजगार योजनामा पनि काम गर्ने महिलाहरुलाई पनि उचित ज्याला दिएको पाइँदैन ।’

उचित ज्याला नपाउँदा पनि महिला कामदारहरुले समस्या भोगिरहेको दिपायल सिलगढी नगरपालिकाकी उपप्रमुख कलावती महर बताउँछिन् । ‘घरपरिवारको जिम्मेवारी धेरै भएपनि महिलाहरुले श्रमिक भएर काम नगरे चुलोनै बल्दैन ।’, उपप्रमुख महरले भनिन्, ‘अधिकांश पुरुषहरु जागिर गर्ने भन्दै भारत जाने भएपनि आर्थिक रुपमा घरपरिवारलाई कुनै किसिमको सहयोग नगर्ने भएकाले महिलाहरुले आर्थिक जुटाउन श्रम गर्नुपर्ने बाध्यता रहेको छ । ‘गाउँकी महिलाहरु गरिबीसंग निरन्तर लडिरहेकी र आफ्नो श्रम, पसिना बगाइरहेकी छन् ।’ उनले भनिन्, ‘श्रमको सहि मुल्याङ्कन नभएसम्म र परिवारमा पुरुषहरुले पूर्णरुपमा जिम्मेवारी नलिएसम्म महिलाहरुले सधै दुःख पाइरहनुपर्ने देखिन्छ ।’

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय