डाेटी, कार्तिक- १५,
डाेटीमा किशोर र वयस्क पुरूषहरू बिच अन्तरपुस्ता संवाद कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।
यूरोपियन युनियनकोआर्थिक सहयोग युनिसेफको सहजिकरण र सामुदायिक विकास केन्द्र डाेटीद्वारा संचालित शसक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत दिपायल सिलगढी नगरपालिका वडा नं ९ कलेनामा किशोर र वयस्क पुरुषहरु बिच अन्तरपुस्ता संवाद संचालन गरिएको हाे ।

अन्तरपुस्ता संवाद कार्यक्रमको उद्देश्य भनेको समाजमा रहेका हानिकारक कुरितिहरू हटाई, सकारात्मक सोच, आपसी समझदारी र सामाजिक सुधारलाई प्रवर्द्धन गर्नु रहेकाे सामुदायिक विकास केन्द्रका अनुगमन तथा मुल्यांकन अधिकृत टिकेन्द्र भण्डारीले जानकारी दिए ।
जेठो पुस्ताले पुराना चलनका सकारात्मक पक्ष बचाउँदै नकारात्मक र हानिकारक कुरितिहरू परित्याग गर्न प्रोत्साहन गर्ने र नयाँ पुस्तामा सामाजिक जिम्मेवारी र नैतिक मूल्य जागरण गर्ने उद्देश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे सिडिसीका कल्पना खड्काले बताइन ।









