असोज– ३१, डोटी,
सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समिति डोटीले समुदायस्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ पाकरीमा शुक्रबार कार्यक्रमको आयोजना गरेको हो ।

उपभोक्ताहरुको सहभागिता तथा समितिका अध्यक्ष जगत बहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाअध्यक्ष कर्ण बहादुर बिष्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै वडाअध्यक्ष एवं प्रमुख अतिथि बिष्टले खानेपानी समान ढंगले वितरण हुने र यसका लागि उपभोक्ताहरुले पनि समितिलाई सहयोग गर्नुपर्ने बताए ।

उनले पानी सफा राख्न मुहानको सरसफाइ तथा स्रोत संरक्षण गर्नुपर्ने बताए ।व्यक्तिगत सरसफाइमा समेत सबैले चासो राख्नुपर्ने बिष्टले बताए । उनले एउटा समुदायमा एउटा हेल्पलाइनको समेत व्यवस्था हुनुपर्ने समितिलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष खड्काले सबै उपभोक्ताको सहयोगले नियमित खानेपानी संचालनमा सहजता आउने र केहि समय भित्रै सबै ठाउँ एक घर एक धाराको अवधारण अनुसार नयाँ ढंगबाट पानी संचालन हुने बताए । हाल उपभोक्तालाई भइरहेका समस्या समाधानका लागि आफुहरु आजैदेखि लाग्ने अध्यक्ष खड्काले जानकारी गराए ।

कार्यक्रममा समितिका सदस्य देबेन्द्र गुरुङ्गले खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि जानकारी गराएका थिए भने समितिका सदस्यहरुले हात धुने चरणहरुको डेमो देखाएका थिए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण उपभोक्ताहरुलाई लुगाधुने तथा नुहाउने साबुन वितरण गरिएको थियो । त्यसैगरी कार्यक्रममा ट्याङ्की निर्माणका लागि जग्गा दिने व्यक्तिहरु बाटुदेवी बिष्ट र गोल्मादेवी दमाईलाई सम्मान गरिएको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय