डाेटी, भदाै- २५,
डाेटीकाे बाल सुधार गृहबाट ५२ जना कैदी बालबालिकाहरू भागेका छन् ।
देशका अधिकांश कारागार तथा बाल सुधार गृहबाट कैदीबन्दीहरू भागिरहेका बेला डाेटीकाे बाल सुधार गृहबाट पनि कैदी बालबालिका भागेका छन् । हिजाे २४ गते राति भागेका बाल सुधार गृहका इन्चार्ज सानुमाया लिम्बुले जानकारी दिएकी छन् ।

बाल सुधार गृहमा ७/८ जनाकाे संख्यामा मात्रै बिनाहतियारधारी प्रहरी सुरक्षार्थ खटिने भएकाले पनि कैदी बालबालिकालाई भाग्न सहज भएकाे बताइएकाे छ ।
बाल सुधार गृहमा जम्मा ५३ जना बालबालिका रहेका थिए । एक जना भने भागेका छैनन् । भागेकाकाे खाेजीकार्य भइरहेका प्रहरीले जनाएकाे छ ।
उता डाेटी कारागारका कैदीबन्दी भने सुरक्षित रहेकाे कारागार प्रमुख लाल बहादुर बाेगटीले बताएका छन् ।









