डाेटी, डाेटीमा पनि जेनजी ग्रुपले आन्दाेलन सुरु गरेकाे छ ।
जिल्लाकाे मुख्य बजार सिलगढी, पिपल्ला, राजपुर लगायतमा आन्दाेलन भइरहेकाे छ । सरकारकाे विराेध तथा हिजाे भएकाे घटनाकाे विराेधमा आन्दाेलन भइरहेकाे छ । जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी भइरहेकाे छ भने अन्य बजारमा सडकमा टायर बालेर नारावाजी गरिरहेका छन् ।


आन्दोलनमा विशेषगरी युवाहरू सहभाग रहेका छन् । सरकारकाे राजिनामा माग गर्दै चर्काे स्वरमा नारावाजी लगाइरहेका छन् ।
आन्दोलनका कारण छाेटाे तथा लामाे दुरीका यातायात सेवा पुर्णरूपमा बन्द भएका छन् । बजार समेत पुर्णरूपमा बन्द गरिएकाे छ ।
आन्दाेनकारीले डाेटी जिल्लाको नापी कार्यालय, तथा भेटेरिनरी कार्यालय, सरकारी वकिल र्कायालयका झ्यालका सिसाहरू फुटाएका छन् ।









