गणेश बहादुर मौनी
सिलगढी/‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने मूल नाराका साथ डोटीमा पनि ११ औँ अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटी र पतञ्जली योग समिति डोटीको आयोजना तथा जिल्ला समन्वय समिति डोटी, जिल्ला प्रशासन कार्यालय डोटी र दिपायल सिलगढी नगरपालिका डोटीको सहकार्यमा योग दिवसको आयोजना गरिएको थियो ।

योग दिवसको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले योग सबै उमेर समूहका व्यक्तिहरूका लागि आवश्यक रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै समन्वय प्रमुख सिंहले स्थानीय तहले पनि योगलाई विशेष प्राथमिकता दिन आवश्यक रहेको समेत बताए । डोटीमा योगको अभ्यास दिनानुदिन बढिरहेकोले यसलाई निरन्तरता दिन आवश्यक रहेको समेत प्रमुख सिंहले बताए ।

दिवसको अवसरमा जिल्ला समन्वय समिति डोटीको सभा हलमा योगाभ्यासका साथै योगको विषयमा छलफल गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटीका योग प्रशिक्षक बलदेव जोशीले बताए । योग प्रशिक्षक जोशीले योगाभ्यास गराएका थिए ।

पतञ्जली योग समिति डोटीका अध्यक्ष खेम राज भण्डारीको अध्यक्षतामा मनाइएको योग दिवसमा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, सरकारी, गैरसरकारी सङ्घ संस्थाका प्रमुख प्रतिनिधि, नागरिक समाज, पत्रकार, शिक्षक योग साधकहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय