असार– ४
सिलगढी/डोटीमा अन्तराष्ट्रिय योग दिवस मनाइने भएको छ । पतंजली योग समिति डोटीको आयोजनामा यहि असार ७ गते अन्तराष्ट्रिय योग दिवस मनाइने भएको हो ।
योग दिवस भव्य, सभ्य र व्यापक रुपमा मनाउन तयारी भइरहेको पतंजली योग समिति डोटीका अध्यक्ष खेमराज भण्डारीले जानकारी दिए ।
जिल्ला समन्वय समितिको सभाहलमा हुने योग दिवसमा कर्मचारी, स्थानीय लगायत आम व्यक्तिहरुको सहभागिताका लागि योग प्रशिक्षक तथा योग साधक गणेश मलासीले आग्रह गरेका छन् ।

योग दिवस जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, दिपायल सिलगढी नगरपालिका, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र लगायतका सरकारी निकायहरुको समेत समन्वय तथा सहभागितामा हुने भएको छ ।









