जेठ, २३,
सिलगढी/सुरक्षित अल्पकालीन महिला सेवा केन्द्र डोटीले हिंसा प्रभावित महिलाहरूका लागि संचालन गरेको व्यवसायीमुलक तरकारी खेती सम्बन्धि तालिम सम्पन्न भएको छ ।

सशक्त महिला समृद्ध नेपाल परियोजना अन्तर्गत साथी संस्थाको प्राबिधिक सहयोग र दिपायल सिलगढी नगरपालिकाको समन्वयमा युएनएफपिएको आर्थिक सहयोगमा सुरक्षित अल्पकालीन महिला सेवा केन्द्रमा तालिम संचालन भइरहेको थियो ।

यहि १३ गतेदेखि सुरु भएको तालिम १० दिनसम्म संचालन भई शुक्रबार समापन गरिएको सुरक्षित अल्पकालीन महिला सेवा केन्द्रका प्रमुख एवं मनोसामाजिक परामर्शदाता बन्दना बमले जानकारी दिइन ।

‘हिंसा प्रभावित महिलाहरुको कृषिमा व्यवसायी बनाउन र आर्थिक सशक्तीकरण गर्न र आत्मनिर्भर बनाउनका लागि तालिमको आयोजना गरिएको हो ।’, बलमे भनिन्, ‘तालिममा १४ जना महिलाहरुको सहभागीता रहेको थियो ।’

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप–प्रमुख स्मृती चुनाराले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्ने बताइन । समापन कार्यक्रममा बोल्दै चुनाराले सहभागी सबैले आ–आफ्नो घरमा गएर व्यवसायीक रुपमा तरकारी खेती सुरु गर्न आग्रह गरिन् ।

दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख कलावती महर साउँदले तालिममा सहभागि दिदिबहिनीहरुले आगामी दिनमा तरकारी खेती गरेर आत्मनिर्भर हुन आग्रह गरिन ।

कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका नगर उप–प्रमुख सुनिता रावल जोराले व्यवसायीक रुपमा अगाडि बढे आफुहरुले पनि सहयोग गर्ने बताइन । उनले हिंसा प्रभावित दिदिबहिनीहरुको साथमा आफु सधै रहने बताइन ।

सायल गाउँपालिकाका उपाध्यक्ष निर्मला बोहरा ओलीले हिंसामा परेका महिलाहरुलाई पालिकाको तर्फबाट पुर्ण सहयोग हुने बताइन ।

तालिम समापन पश्चात सहभागी सबैलाई करिब साढे १५ हजार रकम बराबरको कृषि सामग्री प्रदान गरिएको थियो । कृषि सामग्रीहरुमा पोलिहाउस प्लास्टिक, गार्डेन पाइप, बिउबिजन, पंजा, बुट, स्प्रे ट्याङ्की लगायत १८ किसिमका सागग्री रहेका सेफ हाउसले जानकारी दिएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय