जेठ, १३,
सिलगढी/सुरक्षित अल्पकालीन महिला सेवा केन्द्र डाेटीले हिंसा प्रभावित महिलाहरूलाई व्यवसायी मुलक तरकारी खेती सम्बन्धि तालिम संचालन गरेकाे छ ।
सशक्त महिला समृद्ध नेपाल परियोजना अन्तर्गत साथी संस्थाको प्राबिधिक सहयोग र दिपायल सिलगढी नगरपालिकाको समन्वयमा युएनएफपिएको आर्थिक सहयोगमा सुरक्षित अल्पकालीन महिला सेवा केन्द्रमा तालिम संचालन भइरहेको छ ।

मंगलबारदेखि सुरु भएको तालिम १० दिनसम्म संचालन हुने सुरक्षित अल्पकालीन महिला सेवा केन्द्रका प्रमुख एवं मनोसामाजिक परामर्शदाता बन्दना बमले जानकारी दिइन ।

‘हिंसा प्रभावित महिलाहरुको कृषिमा व्यवसायी बनाउन र आर्थिक सशक्तीकरण गर्न र आत्मनिर्भर बनाउनका लागि तालिमको आयोजना गरिएको हो ।’, बलमे भनिन्, ‘तालिममा १४ जना महिलाहरुको सहभागीता रहेको छ ।’
उद्घाटन सत्र कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले तालिमलाई उपलब्धिमुलुक बनाउन आग्रह गरे । आफ्नो हातमा सिप भए व्यवसायी बनेर आत्मनिर्भर बन्न सकिने भएकाले यता मात्रै सिकेर नभइ घर फर्किएर व्यवसायी रुपमा खेती गर्न प्रेरित गरे ।
दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख कलावती महर साउँदले महिला दिदिबहिनी जबसम्म हिंसा सहेर बस्छौ तब सम्म हाम्रो प्रगती नहुने र सशक्त नहुनेमा जोड दिंदै आफुले पनि कसैलाई हिंसा नगर्न र हिंसा पनि नसन आग्रह गरिन् ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख स्मृति चुनारा, कार्यपालिका सदस्य, जिल्ला प्रहरी कार्यालयका महिला सेल प्रमुख, दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशचन्द्र जोशी कृषि ज्ञान केन्द्रका प्रतिनिधि समेतको उपस्थिति रहेको थियोे ।









