डोटी, बैशाख– २१
डोटीको सदरमुकाम सिलगढी तथा आसपासका क्षेत्रमा वितरण भइरहेको खानेपानी लाइन छिट्टैनै डिएमए प्रणालीबाट संचालन हुने भएको छ ।

सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले आइतबार राखेको छलफल कार्यक्रममा उक्त कुरा जानकारी गराएको हो । बिश्व बैंकको आर्थिक सहयोगमा संचालन भइरहेको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाले सिलगढी पाईपलाइन स्तरोन्नती एवं वितरण कार्यक्रम अन्तर्गत हाल वितरण गरिएका प्रत्यक्ष पाईपलाइनलाई व्यवस्थित गर्ने समितिका अध्यक्ष जगत बहादुर खड्काले जानकारी दिएका छन् ।

उक्त आयोजनाले हालको खानेपानीको वितरण प्रणालीलाई सुधार गर्दै व्यवस्थित तरिकाले पाईपलाइन वितरण तथा व्यवस्थापनको काम अगाडि बढाउने आयोजनाका टिमलिडर निर्मल तण्डुकारले बताए । डिएमए प्रणालीमा आवश्यकता अनुसार ठाउँठाउँमा टंकी राखिने र उपभोक्ता सबैको घरघरमा समान ढंगबाट पानी वितरण हुने उनले बताए ।

‘सबैको घरघरमा पानी चौबिसै घण्टा उपलब्ध हुन्छ, प्रयोग अनुसार शुल्क तिर्नुपर्ने हुन्छ’, तण्डुकारले भने– ‘डिजिटल प्रविधि अनुसार मिटर जडान गरिने र कसकोमा पानी कति चलिरहेको छ वा बिग्रेको छ सबै सिस्टमबाट थाहा हुने गर्दछ ।’

उक्त कार्य तथा फिल्टर टंकी निर्माणको कार्य तुरुन्तै सुरु हुने समितिका अध्यक्ष खड्काले बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय