डोटी, बैशाख– १७
डोटीमा बिद्युतीय हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मङ्गलवार राति करिब ११ः३० बजे जोरायल गाउँपालिका– २ मेलखोलास्थित भीमदत्त राजमार्गमा दुर्घटनामा भएको हो ।

कैलालीको धनगढीबाट बैतडीको पुर्चौडीतर्फ जाँदै गरेको सु.प.प्र. ०२००१ ज. ०५६७ नम्बरको विद्युतीय हाइस अनियन्त्रित भई सडकबाट ५०÷६० मिटर तल खस्दा एक जनाको मृत्यु भएको र ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
दुर्घटनामा बैतडी डिलासैनी गाउँपालिका– ४ का ४५ वर्षीय हर्क बहादुर नेगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु¥याइएको थियो । उनको उपचारका क्रममा बुधवार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते हुनेहरूमा बैतडी डिलासैनी गाउँपालिका– ४ का २७ वर्षीय धिरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय राम बहादुर नेगी, ६५ वर्षीया धना नेगी रहेका छन् । त्यसैगरी हाइस चालक चालक बैतडी पुर्चौडी नगरपालिकाका करिब २४ वर्षीय अशोक बम पनि गम्भीर घाइते भएका छन् ।
घाइतेहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।









