डोटी, बैशाख- १०,
डोटीमा मिनीट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । जोरायल गाउँपालिका १ गोल्डेनमा बुधबार बिहानै मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न र खुद्रा सामान बोकेको मिनीट्रक भिमदत्त राजमार्ग अन्तरगत गोल्डेनमा बिहान ६ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा मिनीट्रक चालक बझाङ बुङ्गल नगरपालिका २ दहबगर बस्ने अन्दाजी ३२÷३३ वर्षको अर्जुन धामी रहेका छन् भने अन्य दुई जनाको नाम थर पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मिनीट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको जनाइएको छ ।









