डोटी, बैशाख– ५,
डोटीमा सिकार खेल्न गएका व्यक्तिबाट भरुवा बन्दुक पड्किदा एकजनाको मृत्यु भएको छ ।

बडिकेदार गाउँपालिका वडा नम्बर– २ बर्छैन बस्ने तपन सार्कीका छोरा बर्ष २४ का नरेश सार्कीको बन्दुकको गोली लागेर मृत्यु भएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बिहीबार राति बर्छैन जंगलको डाँडामा सिकार खेल्न गएका बडिकेदार गाउँपालिका– १ रजेडा बस्ने कमल सिं खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किई बन्दुक पड्किदा सार्कीको मृत्यु भएको बताइएको छ । घटना बडिकेदार गाउँपालिका– १ बेडुपाटा खोलाको किनारमा भएको हो ।

मृतकको दाँया छातिमा गोली लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । थप अनुसन्धानको लागि आज बिहान तीन बजेको समयमा प्रहरीको टोली घटनास्थल गएको प्रहरीले बताएको छ ।

घटनाको थप अनुसन्धानका लागि बन्दुक सहित १० जना स्थानीयहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको नियन्त्रणमा सिकारी बर्ष ४८ का कमल सिंह खड्का, बर्ष २६ का खेम खड्का, बर्ष ५२ का तारा सिंह खड्का, बर्छेन बस्ने बर्ष ३९ का तेजेन्द्र भाट, बर्ष ४० का अमर शाह, बर्ष ३१ का चक्र भाट, बर्ष १८ का सुनिल बम, बर्ष ३७ का गणेश बहादुर घर्ती मगर, बर्ष ७१ का मान बहादुर शाह र बर्ष २६ का जुलेश नामजाली मगर रहेका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय