डोटी, चैत २८,
डोटीमा चट्याङमा परी एक महिलाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् ।
सायल गाउँपालिका वडा नम्बर– ६ दल्लेखका लहरी नागरीको घरमा गएराति परेको चट्याङले उनकी श्रीमती बर्ष ३३ की कमला नागरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

चट्याङबाट घाइते हुनेहरुमा उनका १० बर्षिय छोरी तारा नागरी, ८ बर्षका छोरा अभिषेक नागरी, बर्ष ६ का छोरा अबि नागरी र ३ महिनाका छोरा शंकर नागरी रहेका छन् ।
त्यसैगरी अन्य घाईतेहरुमा सोही टोलका नवराज नागरीको ४० बर्षिय श्रीमती तारा नागरी, ८० बर्षिय बृद्धा काली दमाई र बर्ष ६ की खुसी नागरी रहेका छन् ।
अधिकांश घाईतेहरुको टाउको तथा हातमा चोट लागेको प्रहरीले जनाएको छ । घाईतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।
बुधबारदेखि डोटी जिल्लामा मौसम बदलि भइ हावाहुरी, चट्याङ तथा असिना, बर्षा भइरहेको छ ।









