बडीकेदार, चैत– ९,
डोटीको बडीकेदार गाउँपालिकाको मुकाम रहेको वडा नम्बर २ खड्यौली क्षेत्रमा खानेपानीको हाहाकार हुँदा गाउँपालिकाको ट्याङ्करबाट पानी आपुर्ति गरिदै आएको छ ।

गाउँपालिका रहेको क्षेत्रमा पानीको अभाव हुँदा करिब २० किलोमिटर टाढा पर्ने ठुली गाडबाट पालिकाको ट्याङ्करबाट ओसारेर दैनिकी पानीको आपुर्ति गर्दै आइरहेको छ ।

पहिलो पटक निर्वाचित जनप्रतिनिधिहरूले भौगोलिक रूपमा बिकट क्षेत्रमा अवस्थित बडीकेदार गाउँपालिकाको मुकाममा आवश्यक भौतिक संरचना निमार्ण गर्नुका साथै सो क्षेत्रमा खानेपानीको आपूर्तिका लागि पालिकाले २०७५ सालमा डिप बोरिङ मार्फत खानेपानीको व्यवस्था गरेको थियो ।

तर उक्त योजना निमार्ण भई सञ्चालनमा आएको ५ वर्ष पनि राम्रोसंग चलेन । संचालनमा आएको पाँच वर्ष नपुग्दै खानेपानीको समस्या देखिंदै आएको छ । डिप बोरिङ निमार्ण र मर्मतमा करिब ८० लाख रुपैयाँ खर्च भइसकेको पालिकाले जानकारी दिएको छ ।

समस्या समाधानका लागि पालिकाले पटक पटक लाखौँ रकम खर्च गरे पनि समस्या समाधान हुन सकेको छैन । हाल डिप बोरिङको पानी पूर्ण रूपमा बन्द रहँदा खानेपानीको अभाव चुलिएको हो ।

पानी अभावका कारण दैनिक व्यापार व्यवसाय तथा होटेल सञ्चालनमा प्रत्यक्ष असर परेको स्थानीय होटेल व्यवसायी राम बहादुर बिठाडीले बताए । उनले होटेलमा २÷४ जना मानिस आउने बित्तिकै पानी अभावका कारण खाने, बस्ने सुविधा छैन भन्नु पर्ने बाध्यता रहेको बताए । यस विषयमा स्थानीय सरकारको ध्यान जान आवश्यक रहेको समेत उनले बताए ।

डिप बोरिङको पानी बन्द हुँदा पालिका र आवास क्षेत्रमा खानेपानीको अभाव भई दैनिकी चलाउन साह्रै गाह्रो परेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाले बताए । उनले भने– ‘डिप बोरिङ बन्द भए पश्चात् हाल पालिकाले ट्याङ्करले पानी ओसार्दै छ, यो दिगो व्यवस्थापन होइन ।, सधैँ भर यसरी ट्याङ्करमा पानी ओसारेर पालिका चलाउन सकिदैन ।’

पालिकाले सञ्चालनमा ल्याएको डिप बोरिङ सुकेपछि खानेपानीको हाहाकार भएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले बताए । उनले भने– ‘अब पानी अभावका कारण पालिका सञ्चालनमा साह्रै गाह्रो भइसक्यो ।, दैनिक रूपमा पानी नभई नहुने कुरा हो पानीको साह्रै अभाव छ । नजिक छेउछाउमा पालिका मुहान छैनन् ।, पालिका लगायत नजिकका बस्तीहरूमा पानी आपूर्ति गर्न घेरै समस्या छ ।’ पालिकाको सानो तिनो स्रोतले पुग्दैन यस विषयमा सङ्घीय सरकारले पहल गर्नुपर्ने अध्यक्ष साउदले बताए ।

बडीकेदार गाउँपालिका र आसपासका क्षेत्रमा खानेपानीको दिगो व्यवस्थापनका लागि पालिकाबाट करिब ३० किलोमिटर टाढा रहको बडीकेदार धाम क्षेत्रमा पर्ने धजालाउने पानी मुहानको लागि डिपीआर सम्पन्न गरी आवश्यक कागजात सहित सङ्घीय खानेपानी कार्यालय धनगढीमा पेस गरेको पालिकाले जनाएको छ । पालिकाले तयार गरेको लागत स्टेटमेन्ट अनुसार करिब १० करोड रकम आवश्यक पर्ने पालिकाले जनाएको छ ।

खानेपानी समस्या समाधान गरी स्थानीय बासीलाई पानीको आपुर्तिका लागि हाल गाउँपालिका अध्यक्ष भैरव बहादुर साउँद सङ्घीय राजधानी काठमाण्डौंमा खानेपानी मन्त्रालय, खानेपानी विभाग, प्रधानमन्त्री कार्यालय दिनहुँ धाइरहेका छन् । पानीको समस्या समाधानका लागि अहिले आफु नेता, मन्त्री, विभागीय डिजी लगायतसंग भेटघाटका साथै दबाब दिइरहेको अध्यक्ष साउदले बताए ।

गाउँपालिकाको सदरमुकाम भएको क्षेत्रमा सरकारले पानीको दिगो व्यवस्थापन गर्न आवश्यक रहको स्थानीय बासीहरुले बताउँदै आएका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय