डोटी/शिखर नगरपालिका- १० बानेडुग्रीसैन स्थित पवित्र गहनान तीर्थस्थल गहनान त्रिवेणी धाममा श्रीमद् देवी भागवत महापुराण ज्ञान धन धन्याञ्चल लक्ष्य हवन महायज्ञ २०८१ आयोजना हुने भएको छ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी यही चैत्र १७ देखि २५ गतेसम्म डोटी र डडेल्धुरा जिल्लाको संगमस्थल गहनान भूमिराज देवताको देवस्थलमा उक्त महायज्ञ हुन गइरहेको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष ललित बलायरले बताएका हुन् ।

डोटी र डडेल्धुराको सिमाना (सेती नदी र शाकल्य नदिको सङ्गम) स्थल शाकल्य ऋषिले तपस्या गरी ज्ञान आर्जन गरेको पवित्र ऐतिहासिक भूमि मानिन्छ। पौराणिक कालमा ५ पाण्डवहरूले ध्यान तपस्या गरेको पवित्र स्थल समेत मानिन्छ ।

धार्मिक, पर्यटकीय तथा ऐतिहासिक, सामाजिक जनजीवन र पक्षको प्रचारप्रसार तथा उजागर गर्दै सो क्षेत्रको समग्र विकासमा टेवा पुर्‍याउने उद्देश्य सहित सम्पूर्ण हिन्दुधर्मालम्बिहरुको आस्थाको केन्द्र र गन्तव्य स्थल बनाउन तथा तीर्थस्थलको महिमाको बारेमा प्रचारप्रसार गर्न महायज्ञको आयोजना गरिन लागेको जनाइएको छ।

महायज्ञ समितिका संयोजक बलायरका अनुसार महायज्ञको उद्घाटन पुर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले गर्ने छन् भने महायज्ञको प्रमुख वाचक आध्यात्मिक प्रमुख वाचक पण्डित श्री ऋषि केश उपाध्याय रहने उनले बताए ।

महायज्ञमा तुला दान, अन्न दान, गौदान, आरती सेवा, विशेष पूजा, ब्राह्मण पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, व्रतबन्ध लगायत कार्यक्रमहरू हुनेछन्।
त्यससँगै योगबिज्ञान शिविर, शालिग्रामपुजन, देव भागवत, मुलपाठ, रुद्री श्रीमद्भागवत कथा प्रवचन, झाँकी बालसँस्कार कार्यक्रम, भजनकृत पनि हुने छन्।

यससँगै दाताहरू लाई सम्मान पत्र, दाताको नाम शिला पत्रमा अंकित पनि गरिने आयोजकले जनाएको छ। महायज्ञ सम्पन्न गर्न विभिन्न २० वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ। महायज्ञ कार्यक्रममा २ लाख बढी दर्शनार्थीहरु दर्शन गर्न आउने अनुमान गरिएको र १ करोड बराबर खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

डडेल्धुराको गन्यापधुरा, नवदुर्गा, डोटीको शिखर नगरपालिका मुख्य संरक्षकको भूमिकामा रहेका छन्। ३ वटै पालिकाहरूको स्वामित्व रहेको गहनान क्षेत्र भएपनी सुदूरपश्चिम का ८८ वटै पालिकाहरूलाई आवश्यक सहयोगको लागि आह्वान गरिएको  बलायरले बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय