बन्दना बम,
डोटी, चैत– ५,
चैत ७ गते (बिहीबार) देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा डोटीबाट चार हजार ६२ जना परीक्षार्थीहरु सहभागी हुने भएका छन् ।

शिक्षा विकास निर्देशनालय दिपायलले दिएको जानकारी अनुसार दुई हजार २ सय २२ जना छात्रा र एक हजार ८ सय ४० जना छात्र यस बर्षको एसईई परीक्षामा सहभागी हुने भएका छन् । जसमा तीन सय ८२ जनाको संख्यामा छात्रा बढी रहेका छन् ।

जसमा नियमितमा साधारण तर्फ एक हजार ४०७ जना छात्र र एक हजार ५२० छात्रा गरी जम्मा २ हजार नौ सय २७ जना विद्यार्थी सहभागी हँदैछन् । त्यसैगरी नियमितमा प्राबिधिक तर्फ ६३ छात्र र ५५ छात्रा गरी एक सय १८ जना विद्यार्थी रहेका छन् ।

त्यस्तै डोटीमा ग्रेडवृद्धि तर्फ तीन सय ७० छात्र र छ सय ४७ छात्रा गरी जम्मा १ हजार १७ जना परीक्षार्थीहरु एसईईमा सहभागी हुँदैछन् ।

गत वर्षको तुलनामा डोटीबाट एसईई दिने विद्यार्थीको संख्यामा आठ सय ४५ ले वृद्धि भएको छ । गत वर्ष तीन हजार २१७ जना विद्यार्थीहरु एसईईमा सहभागी रहेका थिए ।

डोटीमा एसईई परीक्षाको तयारी पुरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख भिम प्रसाद पनेरुले जानकारी दिएका छन् । यस बर्ष डोटीमा जम्मा १५ वटा परीक्षा केन्द्र तोकिएको पनेरुले बताए ।

सुदूरपश्चिममा ५८ हजार ९ सय ४३ जना परीक्षार्थी एसईईमा सहभागी हुँदै

यस वर्ष सुदूरपश्चिम प्रदेशबाट २८ हजार ६६ जना छात्र र ३० हजार आठ सय ७७ जना छात्रा गरी जम्मा ५८ हजार नौ सय ४३ जना विद्यार्थीहरु एसईईमा सहभागी हुने भएका छन् ।

शिक्षा विकास निर्देशनालय दिपायलले दिएको जानकारी अनुसार कैलाली जिल्लामा नौ हजार दुई सय ७२ छात्र र १० हजार दुई सय १६ छात्रा गरी जम्मा १९ हजार चार सय ८८ जना परीक्षार्थी रहेका छन् भने कञ्चनपुरमा पाँच हजार तीन सय ७७ छात्र र पाँच हजार नौ सय २५ छात्रा गरी जम्मा ११ हजार तीन सय एक परीक्षार्थी रहेका छन् ।

त्यसैगरी डडेल्धुरा जिल्लामा एक हजार तीन सय ३७ छात्र र एक हजार चार सय ६५ छात्रा गरी जम्मा दुई हजार आठ सय दुई विद्यार्थी रहेका छन् । डोटीमा एक हजार ८ सय ४० जना छात्र र दुई हजार २ सय २२ जना छात्रा गरी जम्मा चार हजार ६२ जना परीक्षार्थीहरु रहेका छन् ।

अछाममा दुई हजार तीन सय ७१ छात्र र दुई हजार ५ सय ५८ छात्रा गरी जम्मा पाँच हजार २९ विद्यार्थीहरु सहभागी छन् भने बाजुरामा एक हजार चार सय ५५ छात्र र एक हजार पाँच सय ६३ छात्रा गरी जम्मा तीन हजार १८ जना परीक्षार्थी सहभागी रहेका छन् ।

त्यस्तै बझाङ्गमा दुई हजार दुई सय ५४ छात्र र दुई तीन सय ९० छात्रा गरी जम्मा चार हजार ५ सय ४४ परीक्षार्थी रहेका छन् भने बैतडीमा दुई हजार पाँच सय ६५ छात्र र दुई सात सय ९७ छात्रा गरी जम्मा पाँच हजार तीन सय ६२ विद्यार्थी रहेका छन् । दार्चुलामा भने एक हजार पाँच सय ९५ छात्र र एक हजार ५ सय ४२ छात्रा गरी जम्मा तीन हजार दुई सय ३७ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय दिपायलले जानकारी दिएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय