गणेश बहादुर मौनी
डाेटी, फागुन १२,
डोटीको बडीकेदार गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ ।

सोमबार बडीकेदार गाउँपालिका वडा नम्बर ५ मार्कोटमा सञ्चालन भएको निःशुल्क आँखा शिविरको एक कार्यक्रमका बिच गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले उद्घाटन गरेकी हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष कलेलले हाम्रो दुर्गम गाउँ बस्तीका दाजुभाइ दिदी बहीनीहरु आँखाको उपचार गर्न धनगढी जान नपरोस् केही सहजता होस भन्ने हेतुले निःशुल्क आँखा शिविर सञ्चालन गरेको बताइन् । आँखाको अप्रेसन लगायत थप उपचार गर्नुपर्ने अवस्था आएमा पालिकाले थप सहजीकरण गर्ने समेत उपाध्यक्ष कलेलले बताइन् ।

बडीकेदार गाउँपालिकाको आयोजना तथा धनगढी नेत्रालय प्रा.ली, च्यारीटी हेल्थ फाउन्डेसन नेपाल र पी एफ इ को साझेदारीमा सञ्चालन भइरहेको शिविरमा आँखाको मोतीबिन्दु, जलबिन्दु, आँखामा मासु पलाएको चेक जाँचका साथै आँखाको सम्पूर्ण चेकजाँच गरिने धनगढी नेत्रालय प्रा.लिका नेत्र सहायक अरुण चौधरीले बताए । शिविरमा चेकजाँच पश्चात् बिरामीहरूलाई निःशुल्क औषधी, चस्मा र अप्रेसन गर्नुपर्ने बिरामीलाई परामर्श दिने गरेको समेत नेत्र सहायक चौधरीले बताए ।

वडा नम्बर ५ मार्कोटमा पहिलो दिन सञ्चालन भएको शिविरमा २ सय २ जनाले सेवा लिएका छन् । जसमा ३७ जनाको आँखाको अप्रेसन गर्नुपर्ने देखिन्छ भने ३९ जनाले चस्मा प्रयोग गर्नुपर्ने अवस्था रहेको शिविरमा सहभागी नेत्र सहायक चौधरीले बताए ।

निःशुल्क आँखा शिविर सोमबार बडीकेदार गाउँपालिका वडा नम्बर ५ लानाकेदारेश्वर स्वास्थ्य चौकी मार्कोटमा सञ्चालन भएको थियो । भने त्यसै गरी १३ गते मङ्गलवार वडा नम्बर ३ घागल स्वास्थ्य चौकीमा, १४ गते बुधवार वडा नम्बर २ सडेखान स्वास्थ्य इकाई सडेखानमा, १५ गते बिहीबार वडा नम्बर ४ मान्नाकापडी स्वास्थ्य चौकी डिकेमनमा र १६ गते शुक्रवार वडा नम्बर १ बर्छैन स्वास्थ्य चौकी देवलीमा सञ्चालन हुने बडीकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाहीले बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय