डाेटी, फागुन ८,
डाेटीमा भएकाे सवारि दुर्घटनामा एक जना घाइते भएका छन् । केआईसिंह राजमार्ग अन्तर्गत दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ कुलपातेमा बिहिवार बेलुकी साढे ६ बजे भएकाे दुर्घटनामा एक जना घाइते भएका हुन् ।
दिपायल बाट शिखर नगरपालिका वडा नं. ६ तलकाेट तर्फ गईरहेको म १ ज २१३ नम्बरको जीप र विपरीत दिशाबाट आइरहेको सुपप्र ०४००१ ब ०६७ नम्बरको माेटरसाइकल ठेक्कीदा माेरसाइकल चालक दिपायल सिलगढी नगरपालिका ३ इठाली घर भएका बर्ष २५ का नवीन भण्डारी घाइते भएका प्रहरीले जानकारी दिएकाे छ ।

घाइतेको टाउकाे, दायाँ हात, दुवै खुट्टा चाेट लागेकाे छ । घाइतेको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेकाे बताइएकाे छ ।
कैलाली घोडाघोडी न.पा. वडा नं. १२ घर भएका जीप चालक वीर बहादुर चौधरी र जीप प्रहरी नियन्त्रणमा रहेका छन् ।









